११ साउन २०८३, सोमबार
सर्वोच्च परिसरमा आन्दोलन

धर्नापछि बार अध्यक्षले भने– प्रधानन्यायाधीश जबराको राजीनामा नै पहिलो शर्त

प्रधानन्यायाधीशलाई शम्भु थापाको प्रश्न: बारले राजीनामा मागिसकेपछि नदिने तपाईं को हो ?
कात्तिक १४, २०७८
धर्नापछि बार अध्यक्षले भने– प्रधानन्यायाधीश जबराको राजीनामा नै पहिलो शर्त

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नै आफूहरूको पहिलो शर्त भएको बताएका छन् ।

सर्वोच्च अदालत परिसरमा धर्नापछि सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा आफूहरूको पहिलो शर्त भएको बताएका हुन् ।

सर्वोच्चमा बिचौलिया र घूस लेनदेन मौलाएको तथा न्यायालय शुद्धीकरणमा न्यायिक नेतृत्व (प्रन्या जबरा) नै बाधक बनेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको उनको भनाइ थियो ।

सोही क्रममा सम्बोधन गर्दै सर्वोच्च बारका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले प्रधानन्यायाधीशले तत्काल राजीनामा दिनुपर्ने बताए । आफूहरूको पहिलो माग नै प्रधानन्यायाधीशको राजीनामा भएको उनको भनाइ थियो ।

बारका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापाले जबराले न्यायालय चलाउन नसकेकाले संवैधानिक तबरले नै राजीनामा दिनुस् भनेर आफूहरूले भनेको बताए ।

'उहाँ (प्रन्या जबरा)ले न्यायपालिकालाई चलाउन सक्नुभएन । त्यसैले संवैधानिक तबरले नै राजीनामा दिनुस् भनेर हामीले भनेका हौं,' थापाले भने, 'बार भनेको अफिसर अफ दी कोर्ट हो । न्यायालयको संरक्षण पनि बारले नै गर्छ । संविधानले समेत चिनेको बारले राजीनामा मागिसकेपछि नदिने तपाईं को हो ?'

उनले बारको आन्दोलन बिथोल्न पैसा र कालो कोट बाँडेको कुरा आफूहरूले सुनेको भन्दै कुनै पनि किसिमको घुसपैठ र प्रतिकार सह्य नहुने बताए ।

salt training

कमेन्ट गर्नुहोस्