
साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
यस दिन छापावाल सुन प्रति तोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन (शुक्रवार) यस्तो सुन प्रति तोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी प्रति तोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।