२१ जेठ २०८३, बिहीबार

भारतको उत्तराखण्डमा सडक दुर्घटना हुँदा १३ जनाको मृत्यु

कात्तिक १४, २०७८
भारतको उत्तराखण्डमा सडक दुर्घटना हुँदा १३ जनाको मृत्यु

भारतको उत्तराखण्ड राज्यको राजधानी देहरादूनबाट १७० किलोमिटर पर रहेको चक्रातामा आइतवार बिहान सडक दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । 

गाडी सडकबाट ३०० फीट तल खाल्डोमा खसेको थियो । 

‘अहिलेसम्म १३ जनाको मृत्यु भएको छ । स्थानीय गाउँलेहरूको सहायतामा घटनास्थलबाट शव बरामद गरिएको छ,’ चक्राता स्टेसन हाउस अफिसर सत्येन्द्र भाटीले बताए । 

दुर्गम स्थानमा भएकाले दुर्घटनास्थलमा पुग्नका लागि उद्धारकर्मीहरूलाई गाह्रो भएको पनि उनले जानकारी दिए । 

मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनाको छानबिनका लागि मजिस्ट्रेटलाई आदेश दिएका छन् । गाडीमा क्षमताभन्दा बढी मानिस राखिएको थियो कि थिएन भनी सुनिश्चित गर्न उनले निर्देशन दिएका छन् । 

चक्राता जस्तो पहाडी क्षेत्रमा गाडीमा क्षमताभन्दा बढी यात्रु राखिने गरेकाले दुर्घटना हुने गरेको छ । तर चक्रातामा के कारणले दुर्घटना भयो भन्ने खुलेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्