
शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले टीभीएस मोटर कम्पनीको १ सय २५ सीसी श्रेणी अन्तर्गतको नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको छ । कम्पनीले आजैदेखि यसको बुकिङ समेत खुला गरेको छ ।
सार्वजनिक नयाँ स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आई–टच स्टार्ट, एनिमलिस्टिक एलईडी हेड ल्याम्प र यो श्रेणीमै पहिलो पटक अन्डर सिट स्टोरेज सुविधा छ ।
नयाँ बाइक सार्वजनिकको अवसरमा बोल्दै, टीभीएस मोटर कम्पनीका इन्टरनेशनल बिजनेस, अध्यक्ष, आर डिलिपले भने, ‘हाम्रा मिलेनियल तथा डिजिटल्ली नेटिभ जेन जी उपभोक्ताका लागि हामीले निरन्तररुपमा श्रेणीकै उत्कृष्ट फिचर्स तथा प्रविधि सुसज्जित उत्पादनहरु उपलब्ध गराउँदै आइरहेका छौँ । हाम्रा नयाँ पुस्ताका उपभोक्तामा उत्साह र आकांक्षा जगाउन हामीले नयाँ सौगातका रुपमा १ सय २५सीसी क्षमताको टीभीएस रेडर नेपालमा सार्वजनिक गरेका हौँ । नेपाल हाम्रालागि विशेष प्राथमिकता बोकेको बजारका रुपमा रहेको छ । यहाँका हाम्रा यूवा उपभोक्ताहरुका निम्ति नयाँ उत्पादनहरु पस्कन पाउँदा हामी निकै उत्साहित छौँ । यूवा उपभोक्ताहरुले टीभीएस रेडरको विशिष्ट राइड क्यारेक्टरलाई मन पराउने मा हामी विश्वस्त छौँ ।’
टीभीएस रेडरमा टीभीएस मोटर कम्पनीको नवप्रबर्तनात्मक डिजाइन, पृथक र बोल्ड डिजाइन थिमका साथ समाहित गरिएको छ । नयाँ मोटरसाइकलमा पृथक माचो पर्सनालिटी दिइएको छ र यसलाई अझ झल्काउनका लागि विशेष लोगोको प्रयोग गरिएको छ । यसमा रहेको बलियो र कलात्मक ट्यांकले टीभीएस रेडरलाई दरिलो मस्कुलर लुक्स प्रदान गरेको छ । साथै यो दैनिक राइडका लागि स्पोर्टी, कम्प्याक्ट र फुर्तिलो पनि छ । टीभीएस रेडरमा सिग्नेचर डिजाइन तत्वका रुपमा समाहित विशिष्ट हेडल्याम्प र टेल ल्याम्पले पृथकता प्रदान गर्नुका साथै पर्याप्त भिजिबिलिटीपनि प्रदान गर्छ । यसमा विशेष डिजाइन सहितको टेक्स्चर तथा फिनिस प्रयोग भएका तरुण रंगहरु बाइकको स्पोर्टी र ईनर्जेटिक डिजाइनका अभिन्न पाटो हुन् ।
टीभीएस रेडरमा १२४.८ सीसी एयर तथा आयल कुल्ड अत्याधुनिक थ्रीभी ईञ्जिनको प्रयोग गरिएको छ । यसले ६,५०० आरपीएममा ११.५ एनएम टर्क र ८००० आरपीएममा १२.९ पीएस अधिकतम शक्ति उत्सर्जन गर्ने क्षमता राख्छ । यो मोटरसाइकलले श्रेणीमै उत्कृष्ट ० देखि ६० किलो मिटर प्रति घण्टाको एक्सिलिरेशन मात्र ५.७ सेकेण्डमा प्राप्त गर्ने क्षमता राख्छ । कम्पनीले यसमा ग्यास चार्जड् फाइभ स्टेप एड्जस्टेबल मोनो शक सस्पेन्शन, लो फ्रिक्शन फ्रण्ट सस्पेन्शन र स्प्लिट सिट, ५ स्पिड गियरबक्स र १७ ईञ्च अलोय चंकी फराकिलो टायरको प्रयोग गरिएको छ । यिनले गर्दा बाइक नियन्त्रणमा सहजता हुनुका साथै आरामदायी अनुभवपनि प्राप्त हुन्छ ।
यसमा जडित अत्याधुनिक हाई टेक ग्याजेट, रिभर्स एलसीडी डिजिटल स्पिडोमिटरले सटिक र स्पष्ट जानकारी प्रस्तुत गर्छ । यसका स्विट्च क्लस्टर, फूटपेग्स लगायत मेकानिकल बिवरणहरु प्रयोगात्मक सहजता र सुविधालाई विशेष ध्यानमा राखि डिजाइन गरिएका छन् ।
टीभीएस रेडरको विकास यात्रुको आरामदायीता र सहजतालाई विशेष ध्यानमा राखि गरिएको छ । टीभीएस मोटर्सको परफरमेन्स मोटरसाइकल डीएनएमा आधारित लामो ह्विलबेसमा लो सिट हाइट सन्तुलन, परफेक्ट एर्गोनोमिक्स त्रिकोण र मोनो शकले सटिक ह्याण्डलिंग र आरामदायी यात्रा अनुभव प्रदान गर्छ । अद्वितीय राइड अनुभव प्रदान गर्ने उद्देश्यका साथ यसमा श्रेणीमै पहिलो पटक सामान, हेल्मेट रिमाइन्डर र यूएसबी चार्जर लगायतका लागि अन्डर सिट स्टोरेज पनि उपलब्ध गरिएको छ ।
टीभीएस रेडर स्ट्राइकिंग रेड, ब्लेजिंग ब्ल्यू, विकेड ब्ल्याक र फियरी यल्लो गरी चार आकर्षक रंगमा उपलब्ध गरिएको छ ।