
पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको मुद्दाको निसु (निर्णय सुनाउने दिन)आजका लागि तोकिए पनि उक्त मुद्दा पेशीमा चढेको छैन ।
कार्तिक १५ गते निर्णय सुनाउने भनेर यसअघि नै पेसी तय भएको थियो ।
बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा भएको भ्रष्टाचार मुद्दामा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा मुद्दा चल्ने कि नचल्ने भन्ने विषयमा परेको मुद्दा सर्वोच्चमा विचाराधीन छ ।
अख्तियारले पूर्व प्रधानमन्त्रीद्वयविरुद्ध मुद्दा दायर नगरेपछि उनीहरूलाई पनि मुद्दा लगाउन माग गर्दै सर्वोच्चमा रिट परेको थियो ।
यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले कात्तिक १५ गतेको लागि निर्णय सुनाउने दिन (निसु) तोकेको थियो।
न्यायाधीशहरूको अघोषित इजलास बहिष्कार र न्यायाधीश नहकुल सुवेदी बिदामा रहेकाले उक्त मुद्दाको पेशी नतोकिएको सर्वोच्च स्रोतले जानकारी दियो ।
आज बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र पेशीमा चढेका छन् ।