०६ साउन २०८३, बुधबार
सर्वोच्चमा विद्रोह

न्यायाधीशहरूसमक्ष जबराको प्रस्ताव– 'प्रशासनिक काम मात्र गर्छु, वैशाखसम्म रहन दिनुस्'

कात्तिक १५, २०७८
न्यायाधीशहरूसमक्ष जबराको प्रस्ताव– 'प्रशासनिक काम मात्र गर्छु, वैशाखसम्म रहन दिनुस्'

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रशासनिक काम मात्र गर्ने गरी आफूलाई वैशाखसम्म रहन दिन न्यायाधीशहरूसँग प्रस्ताव गरेका छन् ।

जबरासँग असन्तुष्ट न्यायाधीशहरूका तर्फबाट गठित वार्ता टोलीसँगको छलफलमा उनले इजलासमा नबस्ने र प्रशासनिक काम मात्र गर्ने गरी वैशाखसम्म रहन दिन प्रस्ताव गरेको स्रोतले लोकान्तरलाई जानकारी दियो ।

न्यायाधीशत्रय अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मा रहेको वार्ता टोलीका सदस्यहरूले भने कि राजीनामा दिन कि त बिदामा बस्न आग्रह गरेका थिए ।

जवाफमा जबराले आफूमाथि लागेका आरोपहरू पुष्टि नहुने भन्दै अपमानजनक ढंगले बिदा नहुने अडान राखे ।

'म माथि आरोप मात्र लागेको हो । पुष्टि गर्ने केही डकुमेन्ट तपाईंहरूसँग छैन । अहिले जाँदा म अपमानित हुन्छु,' जबराको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'वैशाखसम्म रहन दिनुस् । बरु प्रशासनिक काम मात्र गर्छु, पेशी अटोमेसनबाट तोकौंला, म आफू इजलासमा बस्दिनँ ।'

प्रधानन्यायाधीशको प्रस्तावका सम्बन्धमा न्यायाधीशहरूबीच अहिले छलफल चलिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्