
१ लाख ९८ हजार सहित बर्दियामा ९ जना जुवाडे पक्राउ परेका छन् ।
प्रहरी निरीक्षक गोपाल पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले आज आज सोमवार करिब ३ बजे समयमा जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा -७ गुलरिया गाँउ स्थित रमेश यादवको घरको कोठामा जुवातास खेलीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्याल बर्दिया प्रमुख एसपी इश्वर कार्कीले बताए ।
उनीहरुलाई जुवा खेल्न प्रयोग गरिएको तास सहित नियन्त्रणमा लिई जुवा सम्बन्धी कसुरमा म्याद थप गरि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाको छ ।
पक्राउ पर्नेमा गुलरिया नगरपालिका वडा ७ का बस्ने रमेश यादव, रतिराम चौधरी, श्यामु यादव, गुमान बहादुर मल्ल, तेजकुमार चौधरी, मधुवन नगरपालिका वडा ८ का सुरेश वली, टेकेन्द्र साउद, नारायण क्षेत्री र पदम बहादुर सुनार छन् ।