
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० क्रिकेट वरियतामा पुरुषतर्फ नेपालले एक स्थान सुधार गरेको छ ।
आईसीसीले सोमवार सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल १ स्थान उक्लिदै १३औं स्थानमा पुगेको हो ।
यसअघि नेपाल १४औं स्थानमा रहेको थियो । वरियतामा इंग्ल्यान्ड पहिलो स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । त्यसैगरी भारत तेस्रो, न्यूजिल्याण्ड चौथो तथा दक्षिण अफ्रिका पाँचौं स्थानमा छन् ।