
पछिल्लो २४ घण्टामा थप ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार ११ हजार ६६४ जनामा परीक्षण गर्दा ५३३ जनामा संक्रमण पुष्टि भएको हो ।
आरटी–पीसीआर विधिबाट ४४१ र एन्टिजेन विधिबाट ९२ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३१८ पुगेको छ ।
थप ४९० जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।
कोरोनाले थप ९ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या ११ हजार ४१६ रहेको मन्त्रालयले जनाएको छ ।
