
पूर्वमन्त्री तथा जाजरकोटका सङ्घीय सांसद शक्तिबहादुर बस्नेतले जाजरकोटवासीले अवकाश प्राप्त कर्मचारी सरह पेन्सन सुविधा पाउने बताएका छन् ।
प्रेस सेन्टर नेपाल जाजकोटको चौथो अधिवेशनको उद्घाटन गर्दै उनले निर्माणाधीन ४१७ मेगावाटको नलसिंहगाड जलविद्युत् आयोजनाको सेयर हरेक जाजरकोटवासीलाई प्रदान गर्ने र उक्त सेयर कर्मचारी पेन्सन सरह हुने उल्लेख गरे । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यस जलविद्युत् आयोजनाको डीपीआरको काम सकेर यसै आर्थिक वर्षभित्र निर्माण चरणमा लगिने उनको भनाइ छ। गोरखापत्रमा खबर छ।