०३ असार २०८३, बुधबार

सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने

कात्तिक १६, २०७८
सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने
प्रतिकात्मक तस्वीर

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० साँखेमा प्रधान कार्यालय रहेको शुक्ला कृषि पर्यटन सहकारी संस्थाले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने भएको छ ।

कृषकले उत्पादन गरेको दूधलाई बजारीकरणमा सहयोग पुर्‍याउन सहकारी संस्थाले शुक्लागण्डकी–२ गाछेपानीमा प्रशोधन केन्द्र सञ्चालन गर्न लागेको हो । 

दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई पोखरासँग सहकारीले सम्झौता गरेको छ । सहकारीले गाछेपानीमा प्रशोधन केन्द्र निर्माण गर्ने र आगामी साउनसम्म सम्पन्न गरी सञ्चालनमा ल्याउने सहकारीका अध्यक्ष मुक्ति सिग्देलले जानकारी दिए । 

उनका अनुसार ९९ लाख २९ हजार ३०० रुपैयाँको लगानीमा प्रशोधन केन्द्र सञ्चालन हुनेछ । त्यसका लागि सहकारीले १९ लाख ४० हजार ६४७ लगानी गर्नेछ भने राष्ट्रिय सहकारी बैंक दमौली शाखाले ३० लाख २४ हजार ३ रुपैयाँ ऋण लगानी गर्नेछ ।

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रिकृत आयोजना सहयोग इकाईले ४९ लाख ६४ हजार ६५० रुपैयाँ अनुदान उपलब्ध गराउने सहमति भएको छ । 

गुणस्तरीय दूध, दही, घ्यु, पनिर, आइसक्रिम बनाउने र प्याकेजिङ गर्नलाई आवश्यक यन्त्र उपकरण प्रशोधन केन्द्रमा जडान हुनेछ । कच्चा पदार्थ खरिद, ढुवानी, बजार प्रबद्र्धन र बीमामा परियोजनाको सहयोग रहने सहकारीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्