१४ असार २०८३, आइतबार

नवनियुक्त मुख्यमन्त्री राई र ५ मन्त्रीले लिए शपथ

कात्तिक १६, २०७८
नवनियुक्त मुख्यमन्त्री राई र ५ मन्त्रीले लिए शपथ

१ नम्बर प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’बाट पद तथा गोपनियताको शपथ लिएका छन् ।

मंगलवार नियुक्त भएका मुख्यमन्त्री राईले अपराह्न शपथ लिएका हुन् ।

मुख्यमन्त्री राईले नियुक्त गरेका प्रदेश सरकारमा ५ मन्त्रीले समेत मंगलवारै शपथ लिएका छन् ।

मुख्यमन्त्री राईले नेपाली कांग्रेसबाट केदार कार्कीलाई आन्तरिक मामिला मन्त्री र हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री बनाएका छन् ।

नेकपा माओवादी केन्द्रबाट इन्द्र आङ्बो आर्थिक मामिला मन्त्री, जसपाबाट जयराम यादव सामाजिक विकास मन्त्री र राष्ट्रिय लोकतान्त्रिक मञ्चबाट विष्णुमाया तुम्बाहाङ्फे सामाजिक विकास राज्यमन्त्री बनाइएको छ ।

नेकपा एमालेका सचिव तथा निवर्तमान मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीबाट राई मुख्यमन्त्री बनेका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्