२१ असार २०८३, आइतबार

शिवम् सिमेन्टको साधारण सभा सम्पन्न

कात्तिक १६, २०७८
शिवम् सिमेन्टको साधारण सभा सम्पन्न

शिवम् सिमेन्ट लिमिटेडले पब्लिक कम्पनीमा परिणत भइसकेपछिको छैठौं वार्षिक साधारण सभा  सम्पन्न गरेको छ । 

कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।

कम्पनीले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजी रु. ४ अर्व ४० करोडको २९ प्रतिशत (उनान्तिस प्रतिशत) का दरले (लाभाँसमा लाग्ने कर सहित) हुन आउने रु. १ अर्व २७ करोड ६० लाख मात्र नगद लाभाँस रकम वितरण गर्ने प्रस्ताव  गरेको छ । 

सहित कम्पनी संचालक समितिको तर्फबाट अध्यक्ष् गोयलले प्रस्तुत गरेको आ. व. २०७७/०७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका सम्लग्न विवरणहरु आ. व. २०७८/०७९ को आय व्ययको लेखापरीक्षण गर्न सुवोध एशोसियट्स, चार्टर्ड एकाउण्टटेण्ट, काठमाडौंलाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव गरेको छ । 

यस्तै शेयरधनीको बैंक खातामा शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लि.मार्फत नगद लाभाँस वितरण गर्ने निर्णय गरेको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्