२८ जेठ २०८३, बिहीबार

न्यायालयभित्रको समस्या त्यहीँबाट समाधान होस्- कानून मन्त्री बडु

कात्तिक १६, २०७८
न्यायालयभित्रको समस्या त्यहीँबाट समाधान होस्- कानून मन्त्री बडु
फाइल फोटो

कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले न्यायपालिकाभित्र देखिएको समस्या न्यायपालिका आफैंले छिटो समाधान गरोस् भन्ने आफूहरूको चाहना रहेको बताएका छन् ।

मन्त्री बडुले संविधानको सीमा, जनताको अपेक्षा पनि स्वतन्त्र न्यायपालिकाभित्र देखिएका समस्या ऊ आफैंले समाधान गरोस् भन्ने रहेको तर्क समेत गरे ।

मंगलबार काठमाडौंमा आयोजित सञ्चारसम्बन्धी कानूनका विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले न्यायपालिकाका कारण जनताको न्याय पाउने अधिकार हनन् हुन नदिन भने सरकार प्रतिबद्ध रहेको बताए ।

कानूनमन्त्री बडुले भने, ‘अहिले न्यायालयभित्र भइरहेको समस्याका कारणले जनतामा अनिश्चयको कुरा के होला भन्ने एउटा चिन्ता जरुर छ । तपाईंहरूलाई जरुर थाहा छ– हामी संविधानका कुरा गरिरहेका छौं । संविधानले हाम्रो सीमा तोकेको छ । स्वतन्त्र न्यायपालिकालाई हामी त्यत्तिकै सम्मान गर्छौं । जनताको अन्तिम न्याय पाउने थलो पनि त्यही हो । जनताको त्यो विश्वास, जनताको त्यो आस्थालाई कुनै कमी आउन दिनु हुँदैन । यो हामी सबैको सरोकारको विषय हुन्छ । संविधानले दिएको विषय पनि हुन्छ । तर हाम्रो सीमाभित्र हामीले हेर्दाखेरी हामी चाहिरहेका छौं– अहिले पनि स्वतन्त्र न्यायपालिकाभित्र देखिएको कुनै समस्यालाई स्वतन्त्र न्यायपालिकाले स्वतन्त्र ढंगले आफैंले समाधान गरोस् । हाम्रो चाहना त्यो नै हो । हाम्रो अपेक्षा पनि त्यो हो । हाम्रो सीमा पनि त्यो छ । त्यसकारणले पनि हामी त्यसरी यसलाई हेरिरहेका छौं र जनताको जुन चासो संविधानसम्मत ढंगले न्यायपालिकाले दिनुपर्ने जनताको न्यायमा केही अवरुद्ध हुने हो कि भन्ने जनतामा चिन्ता देखिन थालेको छ । त्यसलाई समयमै व्यवस्थापन गर्नका निमित्त हामी तयार छौं । तर त्यो समस्याको समाधान हामी अहिले पनि के भन्न चाहन्छौं भने–स्वतन्त्र न्यायपालिकाभित्र उब्जिएको समस्या स्वतन्त्र न्यायपालिकाभित्र नै त्यसको समाधान यथासम्भव छिटो होस् भन्ने चाहना हामी सबैको जरुर पनि छ । जनताको अपेक्षा पनि त्यो सम्भव छ ।’

मन्त्री बडुले स्वतन्त्र न्यायालयमा समस्या देखिँदा त्यसप्रति चिन्ता लाग्नु स्वाभाविकै भएको पनि बताए ।

 

salt training

कमेन्ट गर्नुहोस्