२० असार २०८३, शनिबार

नोभेम्बर ११ मा वर्षकै ठूलो सेल आयोजना गर्दै दराज, ११ लाख उत्पादनहरूमा ५ करोडसम्मको छुट पाइने

कात्तिक १६, २०७८
नोभेम्बर ११ मा वर्षकै ठूलो सेल आयोजना गर्दै दराज,  ११ लाख उत्पादनहरूमा ५ करोडसम्मको छुट पाइने

अलिबाबा समूहको दराज अनलाइन शपीङले कात्तिक २५मा एक दिने भव्य सेल योजना सार्वजनिक गरेको छ ।

काठमाडौंको मेरियट होटलमा मंगलवार पत्रकार सम्मेलन गरी कम्पनीले कात्तिक २५ गते (नोभेम्बर ११) का दिन २४ घण्टे सेल योजना सञ्चालन गरिने जानकारी दिएको हो ।

कम्पनीका अनुसार, यो वर्षकै सबैभन्दा ठूलो एकदिवसीय सेल हो । 

यस दिन बिक्रीमा राखिने ११ लाख उत्पादनहरूमा ५ करोडसम्मको छुट, ११ जनालाई टिभिएस रेडर मोटरसाइकल जित्ने अवसर, र अन्य धेरै अफरका साथ दराज एपमा सञ्चालन हुनेछ ।

दराज प्रयोगकर्ताहरूलाई सो कार्यक्रममा मनोरञ्जन र धेरै उपहारहरू जित्ने अवसर प्रदान गर्न चर्चित टेलिभिजन प्रस्तोता सुरज सिंह ठकुरी, माल्भिका सुब्बा र ११ जना चर्चित सेलिब्रेटीहरूका साथ दराज एपमा ११ ११ ग्राण्ड गाला लाइभ प्रत्यक्ष प्रसारण गर्ने कम्पनीले जनाएको छ ।

कार्यक्रममा मुख्य वक्ताका रुपमा दराजका प्रवन्ध निर्देशक लिनो अलरिङ्ग, चिफ कमर्सियल अफिसर टेम्पल प्याकुरेल, पेमेन्ट र पार्टनरसीप प्रमुख अरुण फुयाल र प्रमुख ग्राहक अधिकृत सम्झना सुवेदी रहेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्