१९ असार २०८३, शुक्रबार

कर्णालीको मुख्यमन्त्रीमा नेता शाहीको दाबी पेस

कात्तिक १६, २०७८
कर्णालीको मुख्यमन्त्रीमा नेता शाहीको दाबी पेस
फाइल फोटो

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेस गरेका छन् । 

नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२ र नेकपा एकीकृत समाजवादीका ३ सहित २१ प्रदेशसभा सदस्यको समर्थनमा उनले मंगलवार दिउँसो ४ बजे प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

प्रदेशसभा हाल ३५ सदस्यीय छ । बहुमतका लागि १८ सदस्य आवश्यक पर्छ । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सोमवार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई साँझ ७ः३० बजे संविधानको धारा १६८(२) बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा सभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कर्णाली प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि २४ घण्टाभित्र दाबी पेस गर्न आह्वान गरेका थिए ।

सोही बमोजिम शाहीले मुख्यमन्त्रीमा मंगलवार दाबी पेस गरेका कर्णाली प्रदेश प्रमुखको कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलले जानकारी दिए ।

प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा दाबी गरेका शाहीको शपथ ग्रहण मंगलवार राति साढे ८ बजे गर्ने तयारी गरेको उनले जानकारी दिए । मुख्यमन्त्री शाहीले शपथ ग्रहण गरेपनि अरु मन्त्रीले भने १/२ दिनमा शपथ ग्रहण गर्ने बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्