
प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले आज तीन जिल्लाको पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ । उनले धनकुटाको चौविसे गाउँपालिका–१ स्थित बुधबारे र पाँचथरको तुम्बेवा–५ मौवामा स्थानीय बासिन्दासँग अन्तरक्रियासमेत गरे।
त्यसैगरी उनले इलाम सदरमुकाममा भने इलाम र पाँचथरका प्रमुख जिल्ला अधिकारीमार्फत दुवै जिल्लामा परेको बाढीपहिराको प्रभावका बारेमा जानकारी लिए । बधुबारेका पहिरो पीडितहरुले मन्त्री खाँणसँग आफन्त गुमाउँदाको पीडा सुनाउँदै आगामी दिनमा पहिरो नआउने वातावरण बनाइदिन अनुरोध गरेका थिए ।
स्थानीयवासीसँगको अन्तरक्रियामा मन्त्री खाँणले पहिरो पीडितका लागि सरकारले उचित राहत र क्षतिपूर्तिको व्यवस्था गरेको जानकारी दिए ।