२६ असार २०८३, शुक्रबार

कागजको गणतन्त्रले समाधान दिदैँन– एमाले सचिव ज्ञवाली

कात्तिक १७, २०७८
कागजको गणतन्त्रले समाधान दिदैँन– एमाले सचिव ज्ञवाली
फाइल फोटो

नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले जनताले परिवर्तनको महसुस गर्न नसक्ने कागजको गणतन्त्र, लोकतन्त्र र संविधानले समाधान दिन नसक्ने बताएका छन् ।

आज एमाले चाँगुनारायण– ८ नम्बर वडा कमिटीले सुडालमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले वर्तमान अवस्थामा कागजले समाधान दिन नसक्ने बताएका हुन् ।

उनले भने, “अघिल्लो सरकारले जनतालाई परिवर्तनको अनुभूति दिन खोजेको थियो तर काम गर्न दिइएन।”

सचिव ज्ञवालीले एमालेप्रति जनताको विश्वास सरकार बाहिर रहदा बढ्दै गएको दाबी गरे ।

ज्ञवालीले भने, “यतिखेर एमाले प्रतिपक्षमा छ, गतिशिल छ भन्ने आत्मविश्वासले प्रतिपक्षमा सत्तापक्ष पार्टीबाट एमालेमा प्रवेश गर्नेको लहर चलेको छ, यो आम जनताको विश्वासले हो ।” 

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सोमप्रसाद मिश्र, वाग्मती प्रदेश कमिटीका सदस्य नवराज गेलाल, वाग्मती प्रदेशसभा सदस्य सरस्वती वाटी, जिल्ला कमिटीका राजु सुवेदी, नगर कमिटीका अध्यक्ष राम तिमल्सिना, वडा कमिटीका अध्यक्ष राजेश खड्का लगायतले आगामी निर्वाचनमा एमाले पहिलो पार्टी हुने दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्