२४ असार २०८३, बुधबार

महाधिवेशनका लागि एमालेले बनायो जनसंगठन परिचालन कमिटी, संयोजकमा खिमलाल भट्टराई

कात्तिक १७, २०७८
महाधिवेशनका लागि एमालेले बनायो जनसंगठन परिचालन कमिटी, संयोजकमा खिमलाल भट्टराई

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन जनपरिचालन कमिटीले महाधिवेशनमा जनसंगठन परिचालन कमिटी गठन गरेको छ । 

जनपरिचालन कमिटीका संयोजक सुरेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले खिमलाल भट्टराई संयोजक रहने गरी जनसंगठन परिचालन कमिटी गठन गरेको हो । 

कमिटीले महाधिवेशनमा एमालेका २२ वटा जनसंगठनलाई परिचालन गर्ने मुख्य जिम्मेवारी पाएको संयोजक भट्टराईले बताए । त्यस कमिटीमा सबै जनसंगठनका इन्चार्ज र अध्यक्षहरू सदस्य रहने व्यवस्था गरिएको उनले बताए । 

सबै जनसंगठनका इन्चार्ज र अध्यक्ष सदस्य रहँदा ५७ जना सदस्य रहेको कमिटी बन्ने भट्टराईले जानकारी दिए । 

कमिटीले महाधिवेशनमा ५ लाख जनसहभागिता जुटाउने गरी काम गर्ने भट्टराईले बताए । ‘महाधिवेशनलाई सफल बनाउन सबै जनसंगठनको प्रभावकारी रूपमा परिचालन गर्छाैं । महाधिवेशनमा ५ लाख जनसहभागिता जुटाउनका लािग काठमाडौं उपत्यकाबाट लाखौं मानिस चितवन जाने व्यवस्था मिलाउँछौं,’ भट्टराईले भने ।

salt training

कमेन्ट गर्नुहोस्