०२ असार २०८३, मंगलबार

वैदेशिक रोजगार कार्यालका नायव सुब्बा घुससहित समातिए

कात्तिक १७, २०७८
वैदेशिक रोजगार कार्यालका नायव सुब्बा घुससहित समातिए

वैदेशिक रोजगार कार्यालय ताहाचलका नायव सुब्बा दुर्गा प्रसाद पोखरेल घूससहित पक्राउ परेका छन् ।  बैदेशिक रोजगारको सिलसिलामा श्रम स्वीकृती बनाउन आएका सेवाग्राहीसँग २१ हजार घूस लिएको आरोपमा उनी पक्राउ परेका हुन् ।

सेवाग्राहीको काम सम्पन्न बिचौलियासँग जानुपर्ने बाध्यता सिर्जना गरी बिचौलियाको काम गर्ने खेम प्रसाद काफ्लेमार्फत उनले घूस मागेको उजुरी अख्तियारमा परेको थियो । सोही उजुरीको आधारमा अख्तियारको टोलीले पोखरेल र बिचौलिया खेम प्रसाद काफ्लेलाई  २१ हजार घूस लिइसकेको अवस्थामा  सोल्टिमोड स्थित रेडक्रस मार्गको सडक किनाराबाट नियन्त्रणमा लिएको हो । यसबारे  थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्