काठमाडौँ, ८ असार - शिक्षा मन्त्रालय र अस्थायी शिक्षक सङ्घर्ष समितिबीचको वार्ता सकारात्मक भएको छ ।
उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठको निर्देशनपछि मन्त्रालय, नेपाल शिक्षक महासङ्घ र समितिका प्रतिनिधिबीच दिनभर चलेको वार्तामा कार्यरत सबै अस्थायी शिक्षकले रिक्त दरबन्दीमा परीक्षा दिन पाउने र असफल हुनेलाई उचित क्षतिपूर्ति दिने विषय सकारात्मक भएको वार्तामा सहभागी नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष बाबुराम थापाले बताए ।
समितिको आह्वानमा यही असार २ गतेदेखि भद्रकालीमा पाँच अस्थायी शिक्षक अनशनमा छन् । मुख्य मागमा सरकार सकारात्मक भएपनि अन्य मागमा कुरा नमिलेका कारण हस्ताक्षर हुन नसकेको बताइएको छ ।