२९ असार २०८३, सोमबार

मोदीले देउवालाई दिए भारत भ्रमणको निम्तो

कात्तिक १८, २०७८
मोदीले देउवालाई दिए भारत भ्रमणको निम्तो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणको निम्तो दिएका छन् ।

बेलायतमा सम्पन्न जलवायु परिवर्तन सम्बन्धी सम्मेलनका दौरान भएको भेटवार्तामा मोदीले देउवालाई भ्रमणको निम्तो दिएका हुन् । 

बेलायतबाट स्वदेश फर्किने क्रममा बिहीवार विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै देउवाले आफूले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको र आफूलाई पनि मोदीले भारत भ्रमणको निम्तो दिएको बताएका हुन् । 

‘मैले उहाँलाई नेपाल आउनुस् भनेँ, उहाँ आउन तयार हुनुभएको छ । मलाई पनि भारत भ्रमणमा आउनुस् भनेर भन्नु भएको छ,’ देउवाले भने ।

नेपालमा नयाँ प्रधानमन्त्री नियुक्ति हुनासाथ भारत भ्रमण गर्ने प्रचलन छ । 

यसपटक भने भारतले झण्डै चार महिनासम्म पनि नेपालका प्रधानमन्त्रीलाई भ्रमणको औपचारिक निमन्त्रणा दिएको छैन । बेलायतमा भेटवार्ताका क्रममा मोदीले निम्तो दिएको भनिएपनि भ्रमणको मितिको बारे कुनै टुंगो लागेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्