२८ जेठ २०८३, बिहीबार

तालिबानले बनायो समलिंगीहरूको सूची, खोजीखोजी हत्या गर्ने योजना बनाएको दाबी

कात्तिक १८, २०७८
तालिबानले बनायो समलिंगीहरूको सूची, खोजीखोजी हत्या गर्ने योजना बनाएको दाबी

तालिबान सरकारले अफगानिस्तानमा रहेका समलिंगीहरूको सूची तयार गरेको छ । सूचीमा रहेका मानिसलाई खोजीखोजी मार्ने योजना बनाएको थाहा पाएपछि उनीहरू लुकेका छन् । 

शरिया कानूनको कट्टरपन्थी व्याख्या गर्ने तालिबानले समलैंगिकतालाई प्रतिबन्ध लगाएको छ र मृत्युदण्ड दिने गरेको छ । 

समलिंगी तथा तेस्रोलिंगीहरूको अधिकार समूहका निर्देशक किमाहलिउ पावलले तालिबानको सूचीका विषयमा खुलासा गरेका हुन् । 

‘अफगानिस्तानमा बस्ने यो खतरनाक समय हो,’ रेन्बो रेलरोडका कार्यकारी निर्देशक पावल बताउँछन् । उक्त संस्था अफगानिस्तानमा रहेको एक मात्र अन्तर्राष्ट्रिय समलिंगी संस्था हो । 

‘तालिबानको मृत्यु सूचीमा समलिंगी र तेस्रोलिंगीहरू रहेका छन्,’ उनले बताए । 

विदेशी अधिकारवादी संस्थाहरूले अफगानिस्तानबाट सुरक्षित बहिर्गमन गराउन खोजेका मानिसलाई तालिबानले नजिकैबाट नियालेको हुन सक्ने पावलको भनाइ छ । 

‘काबुलमा तालिबानको कब्जा भएपछि धेरै सूचना आदानप्रदान गरिएका थिए,’ पावलले बताए । बहिर्गमन गर्न नपाएकाहरूलाई तालिबानले मृत्यु सूचीमा राख्न सक्ने सम्भावना छ किनकि उनीहरूको पहिचान उजागर भएको छ ।

तालिबानले विभिन्न किसिमका फसाउने योजना र डेटा चुहाएर मृत्यु सूची बनाएको उनले दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्