३० असार २०८३, मंगलबार

सुपथ मूल्य पसल सञ्चालन गर्दाको शोधभर्ना दिन निर्देशन

कात्तिक २०, २०७४
सुपथ मूल्य पसल सञ्चालन गर्दाको शोधभर्ना दिन निर्देशन

काठमाडौँ, ८ असार - चाडपर्वको अवसर पारी सञ्चालन गरिएको सुपथ मूल्य पसलको शोधभर्ना छिटो दिन व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिअन्तर्गतको उपसमितिले अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिअन्तर्गत गठित आपूर्ति तथा उपभोक्ता हित उपसमितिको आजको बैठकले साल्ट ट्रेडिङ, नेसनल ट्रेडिङ र नेपाल खाद्य संस्थानलाई दिनुपर्ने शोधभर्नाको रकम दिन यसअघि दिइएका निर्देशनको पालना नभएकाले आज फेरि निर्देशन दिएको हो । बैठकले अब सहुलियत पसल सञ्चालन गर्ने निर्णय गर्दा अर्थ मन्त्रालयसहितको सुझावमा नीतिगत निर्णय लिन आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

गोरखा भूकम्पलगत्तै विसं २०७२ जेठ २२ गते मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार साल्ट ट्रेडिङले खरिद गरेको जस्ता बिक्री वितरणको व्यवस्था मिलाउन पनि आपूर्ति मन्त्रालयलाई निर्देशन दिइएको उपसमिति संयोजक सुवासचन्द्र ठकुरीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्