
नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहे पनि देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका हिमाली भेगमा हल्का हिमपात तथा प्रदेश नम्बर १ र गण्डकी प्रदेशका १ वा २ स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ ।
शुक्रवार राजधानी काठमाडौं उपत्यकाको आकाशमा दिनभरजसो सामान्य बदली रहेको छ । मौसम बदली र तुलनात्मकरूपमा तापक्रम पनि घटेकाले बढी चिसो महसूस गरिएको छ ।
महाशाखाका अनुसार प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि समान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ । प्रदेश नम्बर १ र गण्डकी प्रदेशका हिमाली भूभागका १ वा २ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातिको समयमा प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश नम्बर १ र गण्डकी प्रदेशका हिमाली भूभागका १ वा २ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
शनिबार पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि समान्य बदली तथा अन्य प्रदेशमा मौसम सामान्यता सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका १ वा २ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
कात्तिक २१ गते आइतवार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका १ वा २ स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणमा शुक्रवार काठमाडौंको अधिकतम तापक्रम २३ दशमलव ९ र न्यूनतम तापक्रम ९ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।