![नोबेल पुरस्कार विजेता मलालाले गरिन् विवाह [तस्बिरहरु]](https://lktcdn2.prixacdn.net/media/malala_1be58HGmuh.jpg)
पाकिस्तानी अधिकारकर्मी तथा नोबेल शान्ति पुरस्कार विजेता मलाला यूसुफजई विवाह बन्धनमा बाँधिएकी छिन् । २४ वर्षीया उनले बेलायतमा बालपनका साथी समेत रहेका असरसँग विवाह गरेकी हुन् ।
मलालाले सोसल मिडियामार्फत विवाहको तस्बिर सार्वजनिक गरेकी छिन् भने जसमा उनका अभिभावक पनि देखिएका छन् ।
मलालाले लेखेकी छिन् – आज मेरो जीवनको एक अनमोल दिन हो । असर र म जीवनभर एकअर्काको साथ रहनको लागि वैवाहिक बन्धनमा बाँधिएका छौँ । हामीले बर्मिंघममे आफ्नो अभिभावकका साथ एक सानो वैवाहिक कार्यक्रम गर्यौँ । हामी आगामी यात्राका एकअर्काको साथ अघि बढाउन उत्साहित छौँ । हामीलाई तपाईँहरुको शुभकामनाको आवश्यकता छ ।
महिलाको पढाइको लागि आवाज उठाउने मलालामाथि सन् २०१२ मा तालिवानको आक्रमण भएको थियो । ९ अक्टोबर, २०१२ मा मलालमाथि स्कुल जाने क्रममा गोली प्रहार भएको थियो । जतिबेला उनी १५ वर्षकी थिइन् । गम्भीर घाइते भएकी उनको उपचार बेलायतमा भएको थियो । उनले अहिले अक्सफोर्ड विश्वविद्यालयबाट ग्राजुएट्स गरिसकेकी छिन् ।



