३० असार २०८३, मंगलबार

कांग्रेस महाधिवेशन कार्यतालिका १ दिन पनि परिवर्तन हुन सक्दैन : कृष्णप्रसाद सिटौला

कात्तिक २४, २०७८
कांग्रेस महाधिवेशन कार्यतालिका १ दिन पनि परिवर्तन हुन सक्दैन : कृष्णप्रसाद सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४औं महाधिवेशनको कार्यतालिका १ दिन पनि परिवर्तन हुन नसक्ने बताएका छन् ।

नेता सिटौलाले कार्यतालिका अत्यन्तै छोटो भएकाले पार्टीको महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने काममा मिलेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।

बुधवार काठमाडौंको शान्ति वाटिकामा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टी नेतृत्वको लागि स्वच्छ प्रतिस्पर्धा गर्न र पार्टीलाई सम्पूर्ण रूपमा एकताबद्ध बनाएर देशप्रति समर्पित भएर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई सफलता मिलोस् भनि कामना समेत गरे ।

नेता सिटौलाले भने, ‘२७ गतेबाट बाँकी रहेका वडा अधिवेशनहरू सम्पन्न गरेर मंसिरको २७ गते पार्टीका केन्द्रीय पदाधिकारी हामीले निर्वाचित गर्नुछ । अत्यन्तै छोटो कार्यतालिका छ । अत्यन्तै साँघुरो हाम्रो कार्यतालिका छ तर १ दिन पनि यो कार्यतालिका परिवर्तन हुन सक्दैन । यसलाई हामीले सफल बनाउनु छ सबैले मिलेर तर प्रतिस्पर्धा गर्नुछ । स्वच्छ प्रतिस्पर्धा गर्नुछ । आन्तरिक लोकतन्त्रको अभ्यास दिल खोलेर गर्नुछ र प्रतिस्पर्धापछि पार्टीभित्र सम्पूर्ण एकता निर्माण गरेर पनि देशप्रति समर्पित पार्टीको रूपमा नेपाली कांग्रेसलाई उर्तानुछ । यसका लागि तपाईं सम्पूर्ण साथीहरूलाई सफलता मिलोस् । प्रतिस्पर्धामा सफलता मिलोस् । प्रतिस्पर्धापछि पार्टीभित्र गर्ने सम्पर्ण एकतामा पनि सफलता मिलोस् भनेर म शुभकामना दिन चाहन्छु ।’

पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता सिटौलाले छठ पर्वको शुभकामना व्यक्त गर्दै जनतामा समृद्धि आउने गरी अघि बढ्न सरकार र राजनीतिक दलका नेताहरूलाई आग्रह समेत गरे । उनले जनताको हितमा काम गर्न सबै राजनीतिक दलहरूले एकतावद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

salt training

कमेन्ट गर्नुहोस्