३० जेठ २०८३, शनिबार

समृद्धिको अभियानमा खडा गरिएका व्यवधानलाई एकताबद्ध भएर परास्त गर्न अध्यक्ष ओलीको आह्वान

कात्तिक २४, २०७८
समृद्धिको अभियानमा खडा गरिएका व्यवधानलाई एकताबद्ध भएर परास्त गर्न अध्यक्ष ओलीको आह्वान

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपसी एकतामार्फत समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न आग्रह गरेका छन् ।

छठ पर्वका अवसरमा बुधवार शुभकामना दिँदै पूर्व प्रधानमन्त्री ओलीले चाडपर्व र संस्कृतिका दृष्टिले विविधतायुक्त नेपाली समाजमा सौहार्दपूर्ण अन्तरसम्बन्धलाई अझ मजबुत बनाउन यस्ता पर्वहरूले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको पनि बताए ।

‘एमालेले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्ने संकल्प लिएको छ । सोही संकल्पअनुरूप यसअघि हाम्रो नेतृत्वको सरकारले जननिर्मित संविधानको संस्थागत कार्यान्वयनमार्फत मुलुकमा विकास र समृद्धिको अभियानको नेतृत्व गर्‍यो,’ उनले सन्देश भनेका छन्, ‘हामीले सिंगो देशलाई नयाँ संविधान अनुरूपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरायौं । समृद्धिको अभियानमा खडा गरिएका व्यवधान र राजनीतिक तथा समाजिक वृत्तमा परिव्याप्त नकारात्मक प्रवृत्तिहरूलाई एकताबद्ध भएर परास्त गर्ने दिशामा अघि बढ्न समेत म सबैमा आह्वान गर्दछु ।’

salt training

कमेन्ट गर्नुहोस्