०८ असार २०८३, सोमबार

भुस पोल्ने पर्वमा सार्वजनिक बिदा

कात्तिक २४, २०७८
भुस पोल्ने पर्वमा सार्वजनिक बिदा

ऐतिहासिक भुस पोल्ने पर्वका अवसरमा शुक्रवार ताराखोला गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।

गत १२ गते बसेको गाउँ कार्यपालिकाको बैठकले बिदाको निर्णय गरेको हो ।

वडा नम्बर २ अर्गलमा प्रचलित सो पर्व बर्सेनि कात्तिक २४–२६ गतेसम्म मनाइन्छ । 

पर्वको मुख्य दिन शुक्रवार गाउँ कार्यपालिका, वडा कार्यालय, विद्यालयलगायत सार्वजनिक संघसंस्थामा बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए ।

गाउँपालिकाले विक्रम संवत् २०७६ देखि भुस पोल्ने पर्वमा बिदा दिन थालेको उनको भनाइ छ ।

ताराखोलाको रुैथाने मगर समुदायले उक्त पर्वलाई उल्लासका साथ मनाउने गर्छ । सदियौंअघि पाल्पाको अर्गलीबाट बसाइँसराइ गरी आएका मगरका पूर्वजले पर्वको चलन बसालेका हुन् ।

अर्गलमा खोरिया खनी थातथलो बसाएको र खेती शुरू गरेको दिनको सम्झनामा भुस पोल्ने पर्व मनाउने गरिन्छ ।

पर्वका अवसरमा प्रकृति पूजाका साथै भुस पोल्ने, छापे खन्ने, मृत्यु संस्कारलगायत सांस्कृतिक गतिविधि हुन्छन् । ताराखोला क्षेत्रमा त्योसँगै परम्परागत सिस्नो खोस्ने, असारे, भदोरै जस्ता मेला, पर्व प्रचलित छन् । त्यहाँको मगर समुदायले सयौं वर्ष पुरानो सांस्कृतिक परम्परालाई धान्दै आएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्