२७ जेठ २०८३, बुधबार

शुरू भयो दराज ११.११, सेलमा ३,५०० सम्मको कार्ड डिस्काउण्ट र ११ हजारसम्मको दराज भौचर छुट

कात्तिक २५, २०७८
शुरू भयो दराज ११.११, सेलमा ३,५०० सम्मको कार्ड डिस्काउण्ट र ११ हजारसम्मको दराज भौचर छुट

नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो सबैभन्दा ठूलो एकदिवसीय सेल ११.११ शुरू भएको घोषणा गरेको छ ।

यो अभियान आधिकारिक रूपमा कार्तिक २४ ९नोभेम्बर १०० मध्यरातमा सुरु भएको छ भने यस वर्षको ११.११ विगतका वर्षहरू भन्दा ठूलो हुने र आफ्ना ग्राहकहरूलाई थप आकर्षक र रोमाञ्चक शपिंग अनुभव प्रदान गर्ने दराजले आश्वासन दिएको छ ।

यस अभियानको मुख्य हाइलाइटहरु भने ११ लाख सामानहरूमा ५ करोडसम्मको छुट, रु ११,००० सम्मको मेगा भाउचर, प्रि पेमेन्टमा १५% अधिकतम रु ३५०० सम्म छुट, खेल एक रुपैयाँ र मेगा गिभअवेको रूपमा ११ टिभिएस रेडर मोटरसाइकल रहेको कम्पनीले जानकारी दिएको छ। थप हाइलाइटहरू समावेश छन् एड टु कार्ट , फलो एण्ड विन , रिभिउ एण्ड विन , नयाँ युइजर भाउचर , रिफर एण्ड विन र दराज जेम्स ।

बैंक छुटको सन्दर्भमा, ११.११ मा किनमेल गर्ने ग्राहकहरूले डेबिट कार्ड मार्फत १५% अधिकतम रु ३००० र क्रेडिट कार्ड मार्फत १५% अधिकतम रु ३५०० बचत गर्न सक्नेछन् । नबिल बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, बैंक अफ काठमाडौँ, मेगा बैंक, एनसीसी बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक र सांग्रिला बैंकका ग्राहकहरूले माथि उल्लेखित छूटहरू प्राप्त गर्न सक्नेछन् । यी प्रिपेमेन्ट छुटहरू सीमित अवधिको लागि मात्र प्रत्यक्ष हुनेछन्। तसर्थ, ग्राहकहरूलाई ११.११ सुरु हुने बित्तिकै छूटहरू प्राप्त गर्न कम्पनीले अनुरोध गरेको छ ।

यसरि नै, एनआईसी एशिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, एनएमबी बैंक र माछापुच्छ्रे बैंकका क्रेडिट कार्डको माध्यमबाट ण्५ ब्याजमा सजिलो मासिक किस्ता योजनाको मजा लिन सक्नेछन्। साथै, आईएमईपे वा ईसेवा मार्फत भुक्तानी गर्ने ग्राहकहरुले १५% अधिकतम रु ११११ सम्मको अतिरिक्त छुट पाउन सक्नेछन्। दराज प्रयोगकर्ताहरुलाई छुट प्राप्त गर्नको लागी आफ्नो बैंक कार्ड सक्रिय गर्न सल्लाह दिईन्छ ।

यस वर्षको ११ .११ मा नयाँ रियलमि जीटि नियो टु जीको विशेष लन्चको साथै फेसन, इलेक्ट्रोनिक्स, घरेलु उपकरणहर, र थप अन्य विभिन्न कोटीहरूमा विशेष डिल्स  र प्रस्तावहरू रहेको छ । सामसंग, फिलिप्स, रोटो, सिजी डिजीटल, लेनोभो र अन्य गरी २२ प्रचालित ब्रान्डहरूले विशेस छुट दिने जानकारी संगसंगै टिभीएस, कोका कोला र सन्सिल्क ११ .११का विशेष साझेदारहरू रहेको कुरा पनि कम्पनीले जनाएको छ ।

११ .११ अभियानको बारे कुरा गर्दै, दराजका सीईओ र संस्थापक, बियार्के मिकेलसन् भनछन “यस वर्ष, हामी यो सुनिश्चित गर्न चाहन्छौं कि ११ .११ भनेको उत्कृष्ट सौदा, छुटहरु मात्र नभई अद्वितीय र नवीन प्रयोगकर्ता अनुभव प्रदान गर्ने एउटा मध्यम पनि रहोस । हामीले ग्राहकहरुको समग्र शपिंग अनुभवलाई सुधार गर्न र सरल बनाउन कडा मेहनत गरिरहेका छौं ताकी ग्राहकहरूलाई ११ .११को समयमा उत्पादनहरू फेला पार्न सजिलो होस् र सम्पूर्ण प्रक्रिया – ब्राउजिङदेखि खरिदसम्म – निर्बाध र सीधा रहोस् ।”

salt training

कमेन्ट गर्नुहोस्