२२ जेठ २०८३, शुक्रबार

प्रधानन्यायाधीशको निर्देशनमा प्रहरी हस्तक्षेप भएको भन्दै बारले शुक्रवार बेञ्च बहिस्कार गर्ने

कात्तिक २५, २०७८
प्रधानन्यायाधीशको निर्देशनमा प्रहरी हस्तक्षेप भएको भन्दै बारले शुक्रवार बेञ्च बहिस्कार गर्ने

सर्वोच्च अदालत परिसरमा बिहीवार भएको प्रहरी हस्तक्षेपको विरोधमा नेपाल बार एसोसिएसनले शुक्रवार बेञ्च बहिस्कार गर्ने घोषणा गरेको छ । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै बारले गरेको प्रदर्शनका क्रममा प्रहरी हस्तक्षेप भएको थियो । 

बारकी उपाध्यक्ष रक्षा बस्यालले भोलि बेञ्च बहिस्कारको घोषणा गरिएको जानकारी दिइन् । 

सर्वोच्च परिसरमा आयोजित विरोध प्रदर्शनपछिको कोण सभामा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराको निर्देशनमा प्रहरी हस्तक्षेप भएको आरोप लगाए । 

श्रेष्ठले आजसम्म जबराको राजीनामा माग गरिएकोमा भ्रष्टाचारलाई संरक्षण गर्ने प्रधानन्यायाधीशलाई पदच्युत गर्नुपर्ने आफूहरूको माग रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्