
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू मोरङले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरेको छ ।
अनेरास्ववियूले शुक्रवार विराटनगरमा प्रदर्शन गरेको हो ।
रित्ता ग्यास सिलिन्डरसहित सडक प्रदर्शनमा उत्रिएका विद्यार्थीले ‘नाफा–घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौं’ जस्ता नारा लगाएका थिए । मूल्यवृद्धि तत्काल फिर्ता लिन समेत माग गरिएको छ ।
विरोध प्रदर्शनपछि विराटनगरको जनआन्दोलन चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियूका केन्द्रीय उपमहासचिव भाष्कर खनालले अस्वाभाविक मूल्यवृद्धि थेग्न नसक्ने भन्दै तत्काल फिर्ता लिन माग गरे ।
कोणसभापछि प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला समेत दहन गरिएको अनेरास्ववियू मोरङका अध्यक्ष सन्तोष घिमिरेले बताए ।
