३० जेठ २०८३, शनिबार

यस्तो रहेछ वायुसेवा निगमका पूर्व अध्यक्ष चतुर्वेदीको निधनको कारण

कात्तिक २६, २०७८
यस्तो रहेछ वायुसेवा निगमका पूर्व अध्यक्ष चतुर्वेदीको निधनको कारण
प्रतिकात्मक तस्वीर

नेपाल वायुसेवा निगमका पूर्व अध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत्यु आत्महत्या नभई शारीरिक दुर्बलताका कारण भएको पाइएको छ ।

चतुर्वेदीले आत्महत्या गरेको भनी आएको समाचारको खण्डन गर्दै उनको परिवारले शुक्रवार पत्रकार सम्मेलन गरी निर्माणाधीन होटलको ७ तले भवनको ४ तल्लाबाट रिंगटा लागेर अचेत भई ढलेर निधन भएको स्पष्ट पारेको हो । 

असोज २१ गते घटस्थापनाका दिन ७४ वर्षीय चतुर्वेदीको काठमाडौं महानगरपालिका–७ चावहिलस्थित निर्माणाधीन होटलमा घटना भएको थियो । रामाज्ञाप्रसादको आत्महत्या भनेर मिडियामा आएपछि परिवारले उनको मृत्यु आत्महत्याबाट नभई शारीरिक कारण भएको जनाएको हो ।

गौतम अग्रवालको निर्माणाधीन होटलको चौथो तलाबाट रामाज्ञाप्रसाद ढलेर सडक शव भेटिएको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ‘पोस्टमार्टम’ गर्दा पनि आत्महत्या नदेखिएको स्व. चतुर्वेदीकी पत्नी आशा चतुर्वेदीले बताइन् ।

‘चतुर्वेदीको निधनबारे विभिन्न सञ्चारमाध्यममा परिवारका सदस्यलाई नसोधी एकतर्फीरूपमा आत्महत्या हुनसक्ने भन्ने खालको भ्रामक समाचारले हामी परिवारका सदस्य झन् विक्षिप्त र मर्माहत भएका छौं,’ उनले भनिन् ।

दुर्घटना हुनुभन्दा अघिल्लो दिन अर्थात् असोज २० गते कमजोरी महसूस भई रिङ्गटा लागेर चाबहिलको ओम हस्पिटलमा उपचारको क्रममा ल्याब परीक्षण गर्दा रामाज्ञाप्रसादमा सोडिमको कमी र अत्याधिक मधुमेह, उच्च रक्तचाप देखिएको परिवारले जनाएको छ । दुर्घटना हुनुभन्दा ३ हप्ताअघि उनको तिलगंगा आँखा अस्पतालमा मोतिविन्दुको शल्यक्रिया समेत गरिएको थियो ।

रामाज्ञाप्रसाद तत्कालीन शाही नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष थिए । उनी होटल तपस र होटल रामानमका पनि अध्यक्ष हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्