३१ जेठ २०८३, आइतबार

गुठीसम्बन्धी समस्याको दीर्घकालिन समाधान गरिने

कात्तिक २६, २०७८
गुठीसम्बन्धी समस्याको दीर्घकालिन समाधान गरिने

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले गुठी सम्बन्धी समस्याको दीर्घकालिन रुपमा समाधान हुनु पर्ने बताएकी छन् ।
मन्त्रालयसँग सम्बन्धित विभिन्न पक्षहरुसँग छलफल र अन्तरक्रिया गर्ने क्रममा गुठीसँग सम्बन्धित सरोकारवालाहरुसँग आज मन्त्रालयमा भएको पहिलो चरणको छलफलमा मन्त्री श्रेष्ठले सांस्कृतिक सम्पदाको जगेर्ना तथा संरक्षण गर्दै वैज्ञानिक ढंगले व्यवस्थित गर्दै लैजान आवश्यक रहेको बताइन् ।

उनले गुठी सम्बन्धी कानुन निर्माण गर्दा सरोकारवाला र सम्बद्ध निकायसँग छलफल गरेर समस्या समाधान हुने गरी अगाडी बढ्ने पनि बताइन् ।
छलफलमा गुठीसँग सम्बन्धित सरोकारवालहरुले गुठी सम्बन्धी बुझाइमा स्पष्ट हुनु पर्ने, यो सांस्कृतिक सम्पदासँग जोडिएको विषय भएकाले यसलाई पछिसम्म फरक नपर्नेगरी समाधान गर्नु पर्ने सुझाव दिए ।
मन्त्री श्रेष्ठले मन्त्रालयसँग सम्बन्धित मुक्त हलीया, कमैया, कमलरी र सुकुम्बासीका प्रतिनिधिहरूसँग यसअघि नै छलफल गरिसकेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्