
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् ।
उनी ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको उनको सचिवालयले बताएको छ ।
अस्पतालमा परीक्षणको क्रममा प्रचण्डको रक्तचाप बढेको पाइएपछि डाक्टरहरूले अस्पतालमै बस्न सल्लाह दिएको प्रचण्डको सचिवालयले बताएको छ ।
शनिबार बिहान प्रचण्डलाई रूघाखोकीसहित स्वास्थ्यमा समस्या देखिएको बताइएको थियो । उनी अस्वस्थ भएपछि आजका लागी तय भएका सबै कार्यक्रम रद्द गरेर प्रचण्ड आराम गरिरहेका थिए ।
धपेडीका कारण रक्तचाप बढेको हुन सक्ने प्रचण्डको सचिवालयले बताएको छ ।
प्रचण्डपुत्री गंगा दाहालका अनुसार अहिले प्रचण्डकाे स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको सल्लाहअनुसार केही घण्टाको आरामपछि डिस्चार्ज गरिनेछ ।