२१ असार २०८३, आइतबार

नेपाल–चीन सम्बन्ध सफल बनाउन अरनिकोको अग्रणी भूमिका : शताब्दी पुरुष जोशी

कात्तिक २७, २०७८
नेपाल–चीन सम्बन्ध सफल बनाउन अरनिकोको अग्रणी भूमिका : शताब्दी पुरुष जोशी

वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीले नेपाल र चीनको सम्बन्ध सफल बनाउन अरनिकोले अग्रणी भूमिका निर्वाह गरेको बताएका छन् । उनले अरनिकोको नाममा ग्यालरी खडा गर्न गैरआवासीय नेपाली सङ्घ भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवद्र्धन समितिलाई आग्रह गरे ।
 
सङ्घले आज नेपाली भाषा तथा साहित्य अनि संस्कृतिको क्षेत्रमा योगदान पु¥याएका व्यक्तिका नाममा आयोजना गरेको ‘अरनिको अन्तरराष्ट्रिय पुरस्कार समर्पण समारोहमा’ जोशीले अरनिको मुलुककै पहिलो गैरआवासीय नेपाली नागरिक भएको चर्चा गरे ।

वरिष्ठ साहित्यकार नयनराज पाण्डेले २०७७ सालमा प्रकाशित कृति सङ्कलन गरी सोमध्ये हरि अधिकारीको रचना उत्कृष्ट हुनुका साथै अरु साहित्यकारले नछोएका कुरा समावेश गरिएको हुँदा पुरस्कारका लागि छनोट गरिएको धारणा राखे ।
सङ्घका अध्यक्ष कुमार पन्तले कला र संस्कृतिको धनी पाटनमा जोशीद्धार पहिलो पुरस्कारको आरम्भ गर्न पाउँदा हर्षित भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्