०२ असार २०८३, मंगलबार

नगरप्रति अपनत्व बढाउन स्थानीय भाषाको छनोट

कात्तिक २७, २०७८
नगरप्रति अपनत्व बढाउन स्थानीय भाषाको छनोट

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरबारे यथार्थ जानकारी दिन र नगरप्रति अपनत्व बढाउने अभिप्रायले नेपाल भाषामा पठनपाठन सुरु गरिएको बताएका छन् ।  
 
कामपाको सामुदायिक विद्यालयमा नेपाल भाषाका माध्यमबाट स्थानीय विषय पढाउने नेपाल भाषा स्यनामि (प्रशिक्षण सहायक)हरूको तर्फबाट नेपाल संवत् ११४२ नयाँ वर्षका अवसरमा आज शङ्खधर पार्कमा आयोजना गरिएको कार्यक्रममा प्रमुख शाक्यले कामपाभित्रका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई भाषाका माध्यमबाट ज्ञानको दायरा फराकिलो बनाउने आफ्नो उद्देश्य रहेको उल्लेख गरे । कार्यक्रममा नेपाल भाषा अध्यापन गराउँदै आएकी सुनिता राजभण्डारीले स्थानीय भाषा पढाउँदाको अनुभव सुनाउँदै पछिल्लो समय विद्यार्थीमा यसप्रति चाख बढ्दै गएको बताइन् ।

    संवैधानिक व्यवस्थाअनुसार कामपाले गत आर्थिक वर्षदेखि नै स्थानीय विषय नेपाल भाषामा पठनपाठन सुरु गरिसकेको छ । कामपाले आफ्नो क्षेत्रको कला, संस्कार, संस्कृति, मूर्त अमूर्त सम्पदालाई पठनपाठनको सामग्री बनाएको छ । उक्त विषय पठाउनका लागि कामपाले आफ्नो मातहतका सामुदायिक विद्यालयमा १७२ सहायक शिक्षक नियुक्त गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्