२९ जेठ २०८३, शुक्रबार

दाङमा एमालेका २५ महाधिवेशन प्रतिनिधि सर्वसम्मत

कात्तिक २७, २०७८
दाङमा एमालेका २५ महाधिवेशन प्रतिनिधि सर्वसम्मत


नेकपा एमालेको १० औं महाधिवेशनमा भाग लिनको लागि दाङबाट २५ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । शनिबार एमाले प्रतिनिधि छनौट कार्यदलले सर्वसम्मत रुपमा प्रतिनिधिको टुंगो लगाएको हो । क्षेत्र नं. १ बाट रेवतीरमण शर्मा, सहजराम यादव, कुलबहादुर केसी, राममणि पाण्डे, महिला तर्फ सरस्वती गौतम, गंगा थारु प्रतिनिधिको रुपमा चयन भएका हुुन् ।  

क्षेत्र नं. २ मा टिकाराम खड्का, लक्षमण आचार्य, टोपेन्द्रबहादुर खत्री, वलिभद्र राना, भेषराज खत्री, महिलामा हुमा डिसी, तुलसा केसी चयन भएका छन् । क्षेत्र नं. ३ बाट हुकुमबहादुर बस्नेत, घनश्याम पाण्डे, मनोहर बुढाथोकी, रामजी चौधरी, कृष्ण भुसाल, भुवनेश्वर पौडेल र महिलाको तर्फबाट कोमल वली, मायाँ शर्मा, धमकली चौधरी चयन भएका छन् ।

दलित कोटाबाट जीतेन्द्रमान नेपाली, मानबहादुर विक र निर्मला विक प्रतिनिधिमा सर्वसम्मत चयन भएको जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी दिए । दाङमा एमालेका १३ हजार ५३४ संगठित सदस्य रहेको छ । संगठित सदस्यको आधारमा प्रतिनिधि चयन गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्