
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियामा रोजगारी गरेर फर्केका नेपाली युवाका लागि २० महिनापछि पुनः प्रवेश गराउन विशेष भाषा परीक्षाको आह्वान भएको छ ।
वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपालले कोरियामा सन् २०१० यता काम गरेर फर्केका नेपाली श्रमिकका लागि पुनः रोजगारीमा जाने अवसर खुलेको जनाएको हो ।
कोरोना संक्रमणका कारण लामो समय रोकिएको सन् २०२१ को कोरियन भाषा विशेष परीक्षा (स्पेसल ईपीएस टपिक २०२१) को लागि आवेदन खुला भएको हो । नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच सम्पन्न समझदारीपत्र अनुरुप ईपीएस अन्तर्गत कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारहरुलाई पुनः कामदारको रुपमा पठाउनका लागि परीक्षा हुने भएको हो ।
कोरियामा काम गरेर फर्केका नेपाली श्रमिकका लागि मानव संशाधन विकास बोर्ड (एचआरडी) कोरियाबाट सञ्चालन हुने कम्प्युटरमा आधारित कोरियन भाषा विशेष परीक्षा कार्यक्रममा सामेल हुन चाहने नेपालीका लागि सूचना प्रकाशन गरिएको ईपीएस शाखाले जनाएको छ । नागरिक दैनिकमा खबर छ ।