
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिन बारले आज पनि मूल गेटमा नै प्रदर्शन गर्ने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सर्वोच्च अदालत परिसर र गेट आसपास बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
नेपाल बार एसोसिएसनबाट सर्वोच्च अदालत प्रवेश गर्ने गेट शुरूमा बन्द गरिएकोमा अहिले खोलिएको छ ।
शुक्रवार पनि मूल गेटमा कानून व्यवसायीको धर्नाका कारण प्रधानन्यायाधीश जबरा महान्यायाधिवक्ताको कार्यालयतर्फको वैकल्पिक मार्गबाट सर्वोच्च प्रवेश गरेका थिए ।
आज भित्रै गएर दुवै गेटमा अवरोध गर्ने तयारी बारले गरेको छ ।







