०५ साउन २०८३, मंगलबार
सर्वोच्चमा विद्रोह

बाध्य भएर सर्वोच्च प्रशासनले खोल्यो बारतर्फको गेट, भित्रै पुगेर धर्नामा बसे कानून व्यवसायी

कात्तिक २८, २०७८
बाध्य भएर सर्वोच्च प्रशासनले खोल्यो बारतर्फको गेट, भित्रै पुगेर धर्नामा बसे कानून व्यवसायी

सर्वोच्च प्रशासनले बाध्य भएर नेपाल बार एसोसिएसनतर्फको ढोका खोलेपछि कानून व्यवसायीहरू सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् ।

अघिल्लो दिन सडकबाटै मूल गेटमा धर्ना दिएका कानून व्यवसायीहरू आज सर्वोच्च परिसर भित्रैबाट सर्वोच्चको गेट छेकेर धर्नामा बसेका हुन् ।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सर्वोच्च प्रशासनले बाध्य भएर बारतर्फको गेट खोलेको बताए । शुक्रबार उक्त गेट बन्द गरेकै कारण आफूहरू सडकमा बसेको उनको भनाइ थियो ।

सर्वोच्चभित्र नारा नलगाउने भन्दै उनले नारा आफूहरूको छातिमा (प्ले कार्डमा) रहेको बताए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिचौलिया र भ्रष्टाचारको नाइके भन्दै बारले उनको राजीनामा माग्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्