
छैटौं चितवन अन्तर्राष्ट्रिय प्रदर्शनी-२०७८ घोषणा भएको छ । प्रदर्शनी आगामी पुस २ गतेदेखि ४ गतेसम्म चल्ने छ ।
प्रदर्शनीको चितवन उद्योग संघ र संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघले संयुक्तरूपमा आयोजना गरेका हुन् ।
प्रदर्शनी चितवन प्रदर्शनी केन्द्रमा चल्नेछ । कोरोनाअघि प्रदर्शनी नियमितरूपमा रहे पनि कोरोना महामारीसँगै २ वर्ष रोकिन पुगेको थियो ।
कोरोना महामारी न्यून हुँदै गइरहेको अवस्थामा आयोजकले पुन: यसलाई निरन्तरता दिन लागेको हो ।
प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरू राखिनेछन् ।
जसमध्ये लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको सिफारिसमा लघु, घरेलु तथा साना उद्यमीका लागि ३० वटा निःशुल्क स्टलको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रदर्शनीमा उत्कृष्ट हुने सो उद्योगहरूलाई प्रवर्द्धन केन्द्रको तर्फबाट पुरस्कार समेत व्यवस्था गरिएको आयोजकले आइतवार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्सको व्यवस्थापकीय साझेदारीमा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनी प्रवर्द्धनात्मक कार्यक्रम भएको आयोजकले जनाएको छ ।
व्यवस्थापनका लागि झण्डै साढे २ करोड खर्च हुने अनुमान गरिएको आयोजकको भनाइ छ ।