१० साउन २०८३, आइतबार

नेपाल तेक्वान्दो संघ बागमती प्रदेश अध्यक्षमा पुरी निर्वाचित

कात्तिक २८, २०७८
नेपाल तेक्वान्दो संघ बागमती प्रदेश अध्यक्षमा पुरी निर्वाचित

नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको अध्यक्षमा केशव पुरी निर्विरोध निर्वाचित भएका छन् । शनिवार काभ्रेको धुलिखेलमा भएको प्रथम अधिवेशनबाट पुरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । 

उपाध्यक्षमा प्रकाश खड्गी र सुमन पाण्डे, महासचिवमा हरिहर ढुंगाना, सचिवमा उमेश नकर्मी र कोषाध्यक्षमा किरण थापा मगर निर्विरोध निर्वाचित भए । यसै गरी सदस्यहरूमा फिरोज श्रेष्ठ, कविराज माली, भास्कर श्रेष्ठ, केशव थापा, दिनेशकुमार बाँडा, राजेन्द्र खड्गी, रामचन्द्र ब्यञ्जनकार, नरेन्द्र थापा, रामकृष्ण श्रेष्ठ र वीरमान स्याङतान निर्विरोध निर्वाचित भए । संघको शनिवार नै धुलिखेलमा बसेको पहिलो बैठकले विराजभक्त श्रेष्ठ र दीपक मल्होत्रालाई उपाध्यक्षमा मनोनीत गरेको छ । 

प्रथम अधिवेशनको उद्घाटन पूर्वमन्त्री एवं नेपाली कांग्रेस खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले गरेका थिए । कार्यक्रममा बागमती प्रदेश संघको कार्यालय स्थापनाका लागि जग्गा उपलब्ध गराएका नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत र सोही नगरपालिकाका वडा नम्बर ६ का अध्यक्ष राजेन्द्र बुढाथोकीलाई सम्मान गरिएको थियो । 

संघका लागि नागार्जुन नगरपालिकाले ९ रोपनी ९ आना जग्गा उपलब्ध गराउने भएको छ । यसै गरी हेटौडा नगरपालिका, समाजसेवी यज्ञलाल श्रेष्ठ र धननारायण चित्रकारलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा नेपालमा तेक्वान्दोका संस्थापक दीपराज गुरुङलाई अभिनन्दन गरिएको थियो। 

यसै गरी बागमती प्रदेशअन्तर्गत रहेका नवनिर्वाचित १३ वटै जिल्ला अध्यक्षहरूलाई पनि सम्मान गरिएको थियो । यस्तै १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता खेलाडीलाई पनि सम्मान गरिएको थियो ।

यस्तै बागमती प्रदेशमा उत्कृष्ट हुन सफल काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्का, चितवनका गोपाल श्रेष्ठ र मकवानपुरका निरुकुमारी मगरलाई पनि सम्मान गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्