२७ जेठ २०८३, बुधबार

पोखरामा डुबेर एक जनाको मृत्यु

कात्तिक २८, २०७८
पोखरामा डुबेर एक जनाको मृत्यु

कास्की, पोखरा महानगरपालिका-१७ पावर हाउस नजिक फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर भारत राजस्थान घर भई हाल गण्डकी मेडिकल कलेजमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत २२ वर्षीय विश्‍वास पुनीको आइतवार बिहान मृत्यु भएको छ । 

साथीहरूसँग उक्त खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी छोरेपाटनबाट खटिएको प्रहरीले उद्धार गरी उपचारको लागि गण्डकी मेडिकल कलेज लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्