०४ असार २०८३, बिहीबार

प्रज्ञा प्रतिष्ठानको बजेट २५ करोड

कात्तिक २८, २०७८
प्रज्ञा प्रतिष्ठानको बजेट २५ करोड

नेपाल प्रज्ञा प्रतिष्ठानको आज सम्पन्न ३६ औँ प्राज्ञसभाले चालु आर्थिक वर्षका लागि रु २५ करोड ४६ लाखको बजेट तथा कार्यक्रम तर्जुमा गरेको छ ।कोभिड–१९ महामारीका कारण नेपाल सरकारको बजेट कटौती तथा प्रतिष्ठानको आन्तरिक आम्दानीमा कमी आएका कारण उक्त रकम मात्रको बजेट तथा कार्यक्रम पारित गरिएको हो ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा भएको सभामा सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले सो बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । सभामा गत आवको यथार्थ आय रु १७ करोड ५७ लाख ६७ हजार र व्यय रु १७ करोड २० लाख ७८ हजारसहित कार्यक्रमिक गतिविधिको विवरण प्रस्तुत गरिएको थियो ।

     प्राज्ञसभा सदस्य शशी लुमुम्बुका अनुसार बैठकले वरिष्ठ साहित्यकार डा तारानाथ शर्मालाई गत साउन १ गते र कवि नरेश शाक्यलाई गत भदौ १ गतेदेखि लागु हुने गरी आजीवन सदस्यता दिने निर्णयको अनुमोदन गरिएको छ । डा वीरेन्द्रप्रसाद मिश्रलाई मानार्थ प्राज्ञ सदस्यता दिने निर्णय पनि अनुमोदन भएको छ ।सभाको उद्घाटन आज बिहान प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक शेरबहादुर देउवाबाट भएको थियो ।रासस

salt training

कमेन्ट गर्नुहोस्