२९ जेठ २०८३, शुक्रबार

बालिकामाथि ४ सय जनाले गरे बलात्कार !

कात्तिक २९, २०७८
बालिकामाथि ४ सय जनाले गरे बलात्कार !

भारतको महाराष्ट्रस्थित बीड जिल्लामा एक नाबालिकामाथि ४ सयभन्दा धेरै मानिसले बलात्कार गरेको खुलेको छ । 

बलात्कारको घटनामा प्रहरीसमेत संलग्न रहेको पाइएको न्यूज एजेन्सीहरूले बताएका छन् ।

करिब ६ महिनासम्म आरोपितहरूले बालिकामाथि बलात्कार गरेको बताइएको छ । 

बलात्कारपछि बालिका गर्भवती भएकी छन् । 

बालिकाको आमाको निधन २ वर्षपहिले भएको र उनको पिताले उनको बालविवाह गरिदिएको समेत घटनापछि खुलेको छ । 

इन्डिया टुडेको एक रिपोर्ट अनुसार, पीडितले पुलिसलाई बताएकी छिन् की, घरबाट समेत उसलाई प्रताडित गरिएको थियो । 

जसकारण उनले आफ्नो घरबाट निस्किइन् र केही दिन नोकरी खोज्दै अंबेजोगई हशर पुगिन् । 

त्यहाँ शुरूमा २ जनाले उनीमाथि यौन उत्पीडन गरेका थिए । 

त्यसपछि बालिकाले प्रहरी कार्यालयमा गएर उजुरी दिइन् । 

त्यहाँका एक प्रहरीले उनीमाथि नै बलात्कार प्रयास गरे । 

पीडितका अनुसार ४ सय जना मानिसले ६ महिनासम्म उनको यौन शोषण गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्