२८ जेठ २०८३, बिहीबार

ओखलढुंगामा जीप दुर्घटना, ४ जनाको मृत्यु

कात्तिक २९, २०७८
ओखलढुंगामा जीप दुर्घटना, ४ जनाको मृत्यु

ओखलढुंगामा सोमवार जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा सिद्धिचरण नगरपालिका–१० का मिथुमाया मगर (३५), तुलसा मगर (१६), खगेन्द्र मगर (१८) र शान्तामाया मगरको मृत्यु भएको ओखलढुंगाका जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्दराज काफ्लेले जानकारी दिए । 

चम्पादेवी मन्दिर जाँदै गरेको प्रदेश नम्बर ३–०१०२२ च ९६९४ नम्बरको जीप सुनकोशी गाउँपालिका–९, काँडेभञ्ज्याङमा बिहान साढे ७ बजेतिर दुर्घटना भएको हो । 

जीपमा १६ यात्रु सवार थिए । गम्भीर घाइते ४ जनालाई हेलिकोप्टरबाट काठमाडौं पठाइएको डीएसपी काफ्लेले जानकारी दिए ।

अन्य घाइते ८ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको उनको भनाइ छ । दुर्घटनाको कारण अहिलेसम्म खुल्न नसकेको काफ्लेले बताए । 

प्रहरीका अनुसार उनीहरू एकादशीको मेला भर्न चम्पादेवी मन्दिर जान लागेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्