२० असार २०८३, शनिबार

देउवा निवासमा पार्टी बैठक राखेको भन्दै प्रकाशमानले जनाए असन्तुष्टि

कात्तिक २९, २०७८
देउवा निवासमा पार्टी बैठक राखेको भन्दै प्रकाशमानले जनाए असन्तुष्टि

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाको घरमा पार्टी केन्द्रीय कार्यसमितिको बैठक राखेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । 

नेपाली कांग्रेस जिल्ला कार्यसमिति, काठमाडौंले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बूढानीलकण्ठ नदेखेको झैं गरेर सभापति देउवाले आफ्नै निवासमा आइतवार (हिजो) केन्द्रीय कार्यसमितिको बैठक बोलाएको भन्दै आपत्ति जनाए ।

‘पार्टी केन्द्रीय कार्यसमितिको बैठक कार्यालयमा राख्नु पर्‍यो नि,’ उनले भने, ‘बूढानीलकण्ठ हामीले नदेखेको हो र भन्या ? उहाँको त्यहाँ घर बन्नुभन्दा अघि नै हामी बूढानीलकण्ठ भगवानको पूजा गर्न जान्थेउँ ।’ 

यस्तै उनले सभापति देउवाको गृह जिल्ला डडेलधुरामा सम्पन्न भएका वडा तथा पालिका अधिवेशनहरू मान्य नहुने चेतावनीसमेत दिए । उनले सत्ताको दुरुपयोग गरेर पुलिसको घेरामा राखेर डडेलधुरामा गरिएको अधिवेशन मान्न नसकिने अडान राखे । 

नेता सिंहले राजनीतिक न्याय दिन पनि पार्टी नेतृत्वसँग माग गरे । 

salt training

कमेन्ट गर्नुहोस्