०३ असार २०८३, बुधबार
भारतमा धर्मको चर्को बहस

भारतमा जोडले तात्यो हिन्दूत्वको बहस, कांग्रेससँग बीजेपी र कंगनाको ‘वार’ !

कात्तिक २९, २०७८
भारतमा जोडले तात्यो हिन्दूत्वको बहस, कांग्रेससँग बीजेपी र कंगनाको ‘वार’ !

भारतको विपक्षी दल कांग्रेसका नेता सलमान खुर्शिदको नयाँ अंग्रेजी पुस्तक सनराइज ओभर अयोध्या: नेसनहूड इन आवर टाइम्समा हिन्दूत्वलाई मुस्लिम आतंकवादी संगठन आईएस र बोको हरामसँग तुलना गरिएपछि विवाद चर्किएको छ ।

सनातन धर्म र सन्त महात्माले पुष्पित पल्लवित गरेको सहिष्णु हिन्दू धर्मलाई हिन्दूत्वले किनारामा पुर्‍याइरहेको खुर्शिदको तर्क छ । हिन्दूत्वको यो राजनीतिक संस्करण आईएस र बोको हराम जस्ता जिहादी समूहहरूसँग मिल्ने उनले उल्लेख गरेका छन् । 

यसरी हिन्दूत्वलाई जिहादी अतिवादसँग तुलना गर्नु अनुचित हुने भारतको सत्तारूढ दल भारतीय जनता पार्टीले बताएको छ । यसअघि पनि कांग्रेस पार्टीका शशी थरूरले हिन्दू तालिबान, दिग्विजय सिंह र मणिशंकर अय्यरले भगवा आतंकवाद नामक शब्दावली उपयोग गरेकोतर्फ इंगित गर्दैै भाजपाका प्रवक्ता संवित पात्राले हिन्दू धर्मका विरुद्ध यस्ता बयान दिन राहुल गान्धीले प्रेरित गर्ने गरेको अराोप लगाए । 

पात्राले राहुल गान्धीको भनाइको प्रतिकारस्वरूप यो बयान दिएका हुन् । खुर्शिदको पुस्तकको सन्दर्भमा सिख र मुस्लिमलाई कुटपिट गर्न हिन्दू धर्मले निर्देशन नदिने तर हिन्दूत्वले दिने भनी राहुलले बयान दिएका थिए । हिन्दू धर्म भन्ने शब्दावली हुँदाहुँदै हिन्दूत्व शब्द प्रयोग किन गर्नुपरेको हो भनी उनले प्रश्न गरेका थिए । 

खुर्शिदको पुस्तकको सन्दर्भमा सिख र मुस्लिमलाई कुटपिट गर्न हिन्दू धर्मले निर्देशन नदिने तर हिन्दूत्वले दिने भनी राहुलले बयान दिएका थिए । हिन्दू धर्म भन्ने शब्दावली हुँदाहुँदै हिन्दूत्व शब्द प्रयोग किन गर्नुपरेको हो भनी उनले प्रश्न गरेका थिए । 

उनको यो प्रश्नले बहस जन्माएको छ । हिन्दू धर्म र हिन्दूत्वमा के अन्तर छ ? यी शब्दमा अन्तर गर्नु आवश्यक छ ? 

हिन्दू धर्म अर्थात् सनातन धर्म अनन्तकालदेखि अविच्छिन्न रूपमा चलिआएको परम्परा हो । विभिन्न भारतीय संस्कृतिहरूको सम्मिश्रण रहेको विविधतालाई सम्मान गर्ने सहिष्णु धर्मका रूपमा हिन्दू धर्मलाई लिने गरिएको छ । 

हिन्दूत्व भन्ने शब्दावलीचाहिँ लगभग १०० वर्ष जति पुरानो हो । आरम्भमा मराठी स्वतन्त्रता सेनानी विनायक दामोदर सावरकरले यसको चर्चा गरेका हुन् । सन् १९२३ मा उनले राजनीतिक विचारधाराका रूपमा हिन्दूत्वको अवधारणा प्रस्तुत गरेका थिए । पछि सन् १९२८ मा उनले एउटा राजनीतिक पर्चा निकालेका थिए जसको शीर्षक थियो– हिन्दूत्व: हु इज ए हिन्दू ? 

त्यसमा सावरकरले एउटा महत्त्वपूर्ण कुरा गरेका छन् । हिमालय पर्वतदेखि हिन्द महासागरसम्मको क्षेत्रलाई पितृभूमि र पुण्यभूमि मान्ने जोकोही पनि हिन्दू भएको उनको कथन छ । त्यसअर्थमा हेर्दा भारतीय भूमिमा रहेका सबै धर्मावलम्बी हिन्दू हुन् । तर सावरकरले क्रिस्चियन र मुसलमानले भारतलाई पितृभूमि माने पनि पुण्यभूमि प्यालेस्टाइन र अरबलाई मान्ने गरेको उल्लेख गरेका छन् । 

सावरकरको भनाइबाट क्रिस्चियन र मुसलमानहरू भारतीय हैनन् भन्ने अर्थ लगाउन मिल्दैन । आफूलाई हिन्दू भन्ने व्यक्तिले सावरकरको हिन्दूत्वको परिभाषालाई साँघुरो व्याख्या गर्दै इतर धर्मका लागि भारतमा स्थान छैन भन्ने मूढाग्रह गर्न पाउँदैन । तर त्यस्तो व्याख्या गर्नेहरूको संख्या पनि उल्लेख्य छ ।

त्यस्ता अतिवादीलाई उदाहरण बनाएर भाष्यमा लामो समयदेखि पकड राखेका वामपन्थी चिन्तकहरूले हिन्दूत्वलाई असहिष्णु राजनीतिक चिन्तनका रूपमा प्रस्तुत गर्ने गरेका छन् । तर हिन्दूत्व र हिन्दू धर्मका बीच कुनै अन्तर छैन । मूल शब्द हिन्दूमा तद्धित प्रत्यय (त्व) जोडिएर हिन्दूत्व बनेको हो र त्यसले हिन्दूको प्रकृतिलाई इंगित गरेको हो । 

आचारविचार शुद्ध राख्दै मोक्षप्राप्तिका लागि साधना गर्नु हिन्दूत्वको सार हो । सनातन धर्मको अनुयायीमा हिन्दूत्व रहनु कुनै अप्राकृतिक कुरा हैन ।

हिन्दूत्वलाई अतिवादसँग जोडेर व्याख्या नगर्न भारतको सर्वोच्च अदालतले गरेको एक निर्णयले पनि सुझाएको छ । सन् १९९५ मा न्यायाधीशत्रय जेएस वर्मा, एनपी सिंह र के वेंकटसामीले निर्वाचनमा धर्मको उपयोग गर्न रोक लगाइपाऊँ भन्ने रिट निवेदनमा सुनुवाइ गर्दै दिएको फैसलामा हिन्दूत्व जीवन व्यतित गर्ने एक मार्ग भएको उल्लेख गरेका छन् । हिन्दूत्वको तुलना अन्य धर्मप्रति असहिष्णु कट्टरतासँग गर्नु तार्किक दोष तथा कानूनी त्रुटि भएको निर्णयमा उल्लेख गरिएको छ । 

अदालतको फैसलाले हिन्दूत्वलाई जीवनपद्धतिका रूपमा परिभाषित गरेको सन्दर्भलाई विचार गर्दा हिन्दू धर्म समाज र राजनीतिसँग गहिरो गरी जोडिएको स्पष्ट हुन्छ । पश्चिमले ल्याएको धर्मनिरपेक्षताको अवधारणाले धर्म र राज्य (राजनीति) लाई छुट्ट्याएको भए पनि हिन्दू धर्मको सन्दर्भमा त्यो व्यावहारिक देखिँदैन किनकि यस धर्ममा सबै कुरा अन्योन्याश्रित छन् ।

अनि त्यसमाथि भारतीय समाजमा धर्म गहिरो गरी जोडिएको छ । केही महिनाअघि प्यु रिसर्च सेन्टर नामक सम्मानित अनुसन्धान संस्थाले भारतमा गरेको सर्वेक्षणको नतिजाले पनि भारतीयहरूमा धर्मप्रतिको लगावलाई पुष्टि गरेको छ । 

धर्मप्रति भारतीयहरूको त्यो आस्थालाई राजनीतिसँग जोड्न भाजपा सफल भएको छ ।

भाजपाले राजनीतिमा धर्मको उपयोगलाई स्थापित गरेकाले उसको अनुकरण गर्दै अन्य दलहरू पनि ‘सफ्ट हिन्दूत्व’ प्रति आकर्षित भइरहेका देखिन्छन् । त्यसैले आम आदमी पार्टीका अरविन्द केजरीवाल अयोध्या दर्शन गर्न पुग्छन्, आफू हनुमानजीको भक्त भएको सगौरव घोषणा गर्छन् अनि भक्तजनलाई तीर्थस्थलहरूको भ्रमणका लागि निःशुल्क ट्रेन यात्राको व्यवस्था मिलाउँछन् ।

हिन्दूत्वलाई सरापे पनि राहुल गान्धी हिन्दू धर्मलाई राजनीतिमा उपयोग गर्न पछि पर्दैनन् । आफूलाई शिवभक्त घोषणा गर्दै उनी कैलाश मानसरोवरको यात्रामा निस्कन्छन् अनि कर्नाटकका लिंगायत मठमा पूजा गर्न पुग्छन् । तर यसले उनलाई निर्वाचनमा भोट दिलाउँदैन किनकि जनताले यसलाई नाटकको रूपमा बुझ्छ ।

केजरीवाल र गान्धीको विपरीत भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दूत्वको उत्थानमा श्रद्धापूर्वक लामो समयदेखि काम गर्दै आएका छन् । त्यसैले उनको राजनीति पनि दिनानुदिन थप चम्किँदै गएको देखिन्छ । 

भारतीयहरूको मनमा गढेर रहेको सभ्यतागत पुनरुत्थानको अभिलाषालाई मोदीले अभिव्यक्त गर्न सकेकाले उनीप्रतिको आकर्षण झन् प्रबल बन्दै गएको देखिन्छ । सोमनाथको मन्दिरलाई विदेशी आक्रमणकारीले ध्वस्त पारेको समयदेखिको एक हजार वर्ष अपमानको विष पिएर बस्न बाध्य भए पनि मोदीको नेतृत्वमा भारतले प्राचीन गौरवलाई पुनः प्राप्त गर्ने सोच बहुसंख्यक भारतीयमा पाइएको छ । 

विमुद्रीकरण, आर्थिक उन्नतिमा सुस्तता, रोजगारी सिर्जनामा विफलता, कोभिड व्यवस्थापनमा कमजोरी, चिनियाँ अतिक्रमणको कमजोर प्रतिकार लगायतका यावत समस्या देखिए पनि मोदीको पक्षमा प्रचण्ड जनलहर कायम रहनु हिन्दूत्वप्रतिको उनको अगाध श्रद्धा नै हो । 

भारतीयहरूको मनमा गढेर रहेको सभ्यतागत पुनरुत्थानको अभिलाषालाई मोदीले अभिव्यक्त गर्न सकेकाले उनीप्रतिको आकर्षण झन् प्रबल बन्दै गएको देखिन्छ । सोमनाथको मन्दिरलाई विदेशी आक्रमणकारीले ध्वस्त पारेको समयदेखिको एक हजार वर्ष अपमानको विष पिएर बस्न बाध्य भए पनि मोदीको नेतृत्वमा भारतले प्राचीन गौरवलाई पुनः प्राप्त गर्ने सोच बहुसंख्यक भारतीयमा पाइएको छ । 

त्यही सोचलाई बलिउड अभिनेत्री कंगना रनावतले गत साता अभिव्यक्त गरेकी हुन् । प्रतिष्ठित पद्मश्री पुरस्कार प्राप्त गरेपछिको एक अन्तर्वार्तामा कंगनाले सन् १९४७ मा प्राप्त स्वतन्त्रता भिक्षा मागेर पाएको अनि भारतको वास्तविक स्वतन्त्रता सन् २०१४ मा आएको विवादास्पद भनाइ राखिन् । सन् २०१४ भनेर उनले मोदी पहिलोपटक प्रधानमन्त्री बनेको साललाई इंगित गरेकी हुन् । लामो समयसम्म दबाइएका हिन्दूहरूका आवाज मोदीको शासनकालमा मुखरित हुन पाएको सोच भारतको एक ठूलो तप्काले राखेको देखिन्छ र कंगनाले त्यसको प्रतिनिधित्व गरेकी हुन् । 

तर हिन्दूहरूको गौरवशाली परम्परालाई पुनःस्थापित गर्ने सिलसिलामा मुसलमान तथा अन्य धर्मका मानिसको दानवीकरण तथा तिनीहरूमाथिको आक्रमणले पनि तीव्रता पाएकाले भारतमा अशान्ति फैलिने पक्का छ । हिन्दूहरूको जागरणको साइडइफेक्टले भारतको भविष्यलाई अन्योलमा पारेको देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्