चैत १, २०८०
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
कात्तिक २९, २०७८
भारतको विपक्षी दल कांग्रेसका नेता सलमान खुर्शिदको नयाँ अंग्रेजी पुस्तक सनराइज ओभर अयोध्या: नेसनहूड इन आवर टाइम्समा हिन्दूत्वलाई मुस्लिम आतंकवादी संगठन आईएस र बोको हरामसँग तुलना गरिएपछि विवाद चर्किएको छ ।
सनातन धर्म र सन्त महात्माले पुष्पित पल्लवित गरेको सहिष्णु हिन्दू धर्मलाई हिन्दूत्वले किनारामा पुर्याइरहेको खुर्शिदको तर्क छ । हिन्दूत्वको यो राजनीतिक संस्करण आईएस र बोको हराम जस्ता जिहादी समूहहरूसँग मिल्ने उनले उल्लेख गरेका छन् ।
यसरी हिन्दूत्वलाई जिहादी अतिवादसँग तुलना गर्नु अनुचित हुने भारतको सत्तारूढ दल भारतीय जनता पार्टीले बताएको छ । यसअघि पनि कांग्रेस पार्टीका शशी थरूरले हिन्दू तालिबान, दिग्विजय सिंह र मणिशंकर अय्यरले भगवा आतंकवाद नामक शब्दावली उपयोग गरेकोतर्फ इंगित गर्दैै भाजपाका प्रवक्ता संवित पात्राले हिन्दू धर्मका विरुद्ध यस्ता बयान दिन राहुल गान्धीले प्रेरित गर्ने गरेको अराोप लगाए ।
पात्राले राहुल गान्धीको भनाइको प्रतिकारस्वरूप यो बयान दिएका हुन् । खुर्शिदको पुस्तकको सन्दर्भमा सिख र मुस्लिमलाई कुटपिट गर्न हिन्दू धर्मले निर्देशन नदिने तर हिन्दूत्वले दिने भनी राहुलले बयान दिएका थिए । हिन्दू धर्म भन्ने शब्दावली हुँदाहुँदै हिन्दूत्व शब्द प्रयोग किन गर्नुपरेको हो भनी उनले प्रश्न गरेका थिए ।
उनको यो प्रश्नले बहस जन्माएको छ । हिन्दू धर्म र हिन्दूत्वमा के अन्तर छ ? यी शब्दमा अन्तर गर्नु आवश्यक छ ?
हिन्दू धर्म अर्थात् सनातन धर्म अनन्तकालदेखि अविच्छिन्न रूपमा चलिआएको परम्परा हो । विभिन्न भारतीय संस्कृतिहरूको सम्मिश्रण रहेको विविधतालाई सम्मान गर्ने सहिष्णु धर्मका रूपमा हिन्दू धर्मलाई लिने गरिएको छ ।
हिन्दूत्व भन्ने शब्दावलीचाहिँ लगभग १०० वर्ष जति पुरानो हो । आरम्भमा मराठी स्वतन्त्रता सेनानी विनायक दामोदर सावरकरले यसको चर्चा गरेका हुन् । सन् १९२३ मा उनले राजनीतिक विचारधाराका रूपमा हिन्दूत्वको अवधारणा प्रस्तुत गरेका थिए । पछि सन् १९२८ मा उनले एउटा राजनीतिक पर्चा निकालेका थिए जसको शीर्षक थियो– हिन्दूत्व: हु इज ए हिन्दू ?
त्यसमा सावरकरले एउटा महत्त्वपूर्ण कुरा गरेका छन् । हिमालय पर्वतदेखि हिन्द महासागरसम्मको क्षेत्रलाई पितृभूमि र पुण्यभूमि मान्ने जोकोही पनि हिन्दू भएको उनको कथन छ । त्यसअर्थमा हेर्दा भारतीय भूमिमा रहेका सबै धर्मावलम्बी हिन्दू हुन् । तर सावरकरले क्रिस्चियन र मुसलमानले भारतलाई पितृभूमि माने पनि पुण्यभूमि प्यालेस्टाइन र अरबलाई मान्ने गरेको उल्लेख गरेका छन् ।
सावरकरको भनाइबाट क्रिस्चियन र मुसलमानहरू भारतीय हैनन् भन्ने अर्थ लगाउन मिल्दैन । आफूलाई हिन्दू भन्ने व्यक्तिले सावरकरको हिन्दूत्वको परिभाषालाई साँघुरो व्याख्या गर्दै इतर धर्मका लागि भारतमा स्थान छैन भन्ने मूढाग्रह गर्न पाउँदैन । तर त्यस्तो व्याख्या गर्नेहरूको संख्या पनि उल्लेख्य छ ।
त्यस्ता अतिवादीलाई उदाहरण बनाएर भाष्यमा लामो समयदेखि पकड राखेका वामपन्थी चिन्तकहरूले हिन्दूत्वलाई असहिष्णु राजनीतिक चिन्तनका रूपमा प्रस्तुत गर्ने गरेका छन् । तर हिन्दूत्व र हिन्दू धर्मका बीच कुनै अन्तर छैन । मूल शब्द हिन्दूमा तद्धित प्रत्यय (त्व) जोडिएर हिन्दूत्व बनेको हो र त्यसले हिन्दूको प्रकृतिलाई इंगित गरेको हो ।
आचारविचार शुद्ध राख्दै मोक्षप्राप्तिका लागि साधना गर्नु हिन्दूत्वको सार हो । सनातन धर्मको अनुयायीमा हिन्दूत्व रहनु कुनै अप्राकृतिक कुरा हैन ।
हिन्दूत्वलाई अतिवादसँग जोडेर व्याख्या नगर्न भारतको सर्वोच्च अदालतले गरेको एक निर्णयले पनि सुझाएको छ । सन् १९९५ मा न्यायाधीशत्रय जेएस वर्मा, एनपी सिंह र के वेंकटसामीले निर्वाचनमा धर्मको उपयोग गर्न रोक लगाइपाऊँ भन्ने रिट निवेदनमा सुनुवाइ गर्दै दिएको फैसलामा हिन्दूत्व जीवन व्यतित गर्ने एक मार्ग भएको उल्लेख गरेका छन् । हिन्दूत्वको तुलना अन्य धर्मप्रति असहिष्णु कट्टरतासँग गर्नु तार्किक दोष तथा कानूनी त्रुटि भएको निर्णयमा उल्लेख गरिएको छ ।
अदालतको फैसलाले हिन्दूत्वलाई जीवनपद्धतिका रूपमा परिभाषित गरेको सन्दर्भलाई विचार गर्दा हिन्दू धर्म समाज र राजनीतिसँग गहिरो गरी जोडिएको स्पष्ट हुन्छ । पश्चिमले ल्याएको धर्मनिरपेक्षताको अवधारणाले धर्म र राज्य (राजनीति) लाई छुट्ट्याएको भए पनि हिन्दू धर्मको सन्दर्भमा त्यो व्यावहारिक देखिँदैन किनकि यस धर्ममा सबै कुरा अन्योन्याश्रित छन् ।
अनि त्यसमाथि भारतीय समाजमा धर्म गहिरो गरी जोडिएको छ । केही महिनाअघि प्यु रिसर्च सेन्टर नामक सम्मानित अनुसन्धान संस्थाले भारतमा गरेको सर्वेक्षणको नतिजाले पनि भारतीयहरूमा धर्मप्रतिको लगावलाई पुष्टि गरेको छ ।
धर्मप्रति भारतीयहरूको त्यो आस्थालाई राजनीतिसँग जोड्न भाजपा सफल भएको छ ।
भाजपाले राजनीतिमा धर्मको उपयोगलाई स्थापित गरेकाले उसको अनुकरण गर्दै अन्य दलहरू पनि ‘सफ्ट हिन्दूत्व’ प्रति आकर्षित भइरहेका देखिन्छन् । त्यसैले आम आदमी पार्टीका अरविन्द केजरीवाल अयोध्या दर्शन गर्न पुग्छन्, आफू हनुमानजीको भक्त भएको सगौरव घोषणा गर्छन् अनि भक्तजनलाई तीर्थस्थलहरूको भ्रमणका लागि निःशुल्क ट्रेन यात्राको व्यवस्था मिलाउँछन् ।
हिन्दूत्वलाई सरापे पनि राहुल गान्धी हिन्दू धर्मलाई राजनीतिमा उपयोग गर्न पछि पर्दैनन् । आफूलाई शिवभक्त घोषणा गर्दै उनी कैलाश मानसरोवरको यात्रामा निस्कन्छन् अनि कर्नाटकका लिंगायत मठमा पूजा गर्न पुग्छन् । तर यसले उनलाई निर्वाचनमा भोट दिलाउँदैन किनकि जनताले यसलाई नाटकको रूपमा बुझ्छ ।
केजरीवाल र गान्धीको विपरीत भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दूत्वको उत्थानमा श्रद्धापूर्वक लामो समयदेखि काम गर्दै आएका छन् । त्यसैले उनको राजनीति पनि दिनानुदिन थप चम्किँदै गएको देखिन्छ ।
विमुद्रीकरण, आर्थिक उन्नतिमा सुस्तता, रोजगारी सिर्जनामा विफलता, कोभिड व्यवस्थापनमा कमजोरी, चिनियाँ अतिक्रमणको कमजोर प्रतिकार लगायतका यावत समस्या देखिए पनि मोदीको पक्षमा प्रचण्ड जनलहर कायम रहनु हिन्दूत्वप्रतिको उनको अगाध श्रद्धा नै हो ।
भारतीयहरूको मनमा गढेर रहेको सभ्यतागत पुनरुत्थानको अभिलाषालाई मोदीले अभिव्यक्त गर्न सकेकाले उनीप्रतिको आकर्षण झन् प्रबल बन्दै गएको देखिन्छ । सोमनाथको मन्दिरलाई विदेशी आक्रमणकारीले ध्वस्त पारेको समयदेखिको एक हजार वर्ष अपमानको विष पिएर बस्न बाध्य भए पनि मोदीको नेतृत्वमा भारतले प्राचीन गौरवलाई पुनः प्राप्त गर्ने सोच बहुसंख्यक भारतीयमा पाइएको छ ।
त्यही सोचलाई बलिउड अभिनेत्री कंगना रनावतले गत साता अभिव्यक्त गरेकी हुन् । प्रतिष्ठित पद्मश्री पुरस्कार प्राप्त गरेपछिको एक अन्तर्वार्तामा कंगनाले सन् १९४७ मा प्राप्त स्वतन्त्रता भिक्षा मागेर पाएको अनि भारतको वास्तविक स्वतन्त्रता सन् २०१४ मा आएको विवादास्पद भनाइ राखिन् । सन् २०१४ भनेर उनले मोदी पहिलोपटक प्रधानमन्त्री बनेको साललाई इंगित गरेकी हुन् । लामो समयसम्म दबाइएका हिन्दूहरूका आवाज मोदीको शासनकालमा मुखरित हुन पाएको सोच भारतको एक ठूलो तप्काले राखेको देखिन्छ र कंगनाले त्यसको प्रतिनिधित्व गरेकी हुन् ।
तर हिन्दूहरूको गौरवशाली परम्परालाई पुनःस्थापित गर्ने सिलसिलामा मुसलमान तथा अन्य धर्मका मानिसको दानवीकरण तथा तिनीहरूमाथिको आक्रमणले पनि तीव्रता पाएकाले भारतमा अशान्ति फैलिने पक्का छ । हिन्दूहरूको जागरणको साइडइफेक्टले भारतको भविष्यलाई अन्योलमा पारेको देखिन्छ ।
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...