२६ असार २०८३, शुक्रबार

संसारमा प्रभुत्व जमाउन तयार चीन, एक वर्षमा गर्‍यो २५० क्षेप्यास्त्र परीक्षण

कात्तिक २९, २०७८
संसारमा प्रभुत्व जमाउन तयार चीन, एक वर्षमा गर्‍यो २५० क्षेप्यास्त्र परीक्षण

चीनले संसारमा आफ्नो प्रभुत्व कायम गर्नका लागि स्थलसेना, वायुसेना र जलसेना तीनैलाई महाविनाशक हतियारले सुसज्जित गरेको छ । 

अन्तरिक्षबाट हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गर्न सफलता पाएको पहिलो राष्ट्र चीन नै हो ।

एक ताजा प्रतिवेदनमा चीनले सन् २०२० मा २५० वटा क्षेप्यास्त्र परीक्षण गरेको खुलासा भएको छ । यो संसारभरि गरिएको कुल क्षेप्यास्त्र परीक्षणभन्दा बढी हो । 

चीनले सन् २०३० सम्म एक हजार आणविक बम बनाउने उद्देश्य लिएको छ । बेलायती पत्रिका फाइनान्सियल टाइम्सका अनुसार, चीनले महाविनाशक हतियार बनाएर संसारमा अहिलेसम्मकै ठूलो भूराजनीतिक परिवर्तन ल्याउन खोजेको छ । 

चीनको शक्ति सन्तुलनमा आएको परिवर्तनले अमेरिकाको चिन्ता बढेको छ । चीनसँग अहिले ३०० आणविक बम छ । 

चीनले द्रुत गतिमा लडाकू विमान, बमवर्षक विमान, पनडुब्बी र युद्धपोत बनाएर संसारलाई हतप्रभ पारेको छ । 

यसले दुईवटा प्रश्न जन्माएको छ । पहिलो, चीनको बढ्दो आक्रामक दृष्टिकोणले पूर्वी एसियामा शक्ति सन्तुलन बदल्ने हो ? दोस्रो, हतियारको बलमा चीनले ताइवान हात पार्न सक्ने भएको हो ? 

चीनले एकैपटकमा कैयौं आणविक बम बोक्न सक्ने नयाँ क्षेप्यास्त्रहरू पनि विकसित गरिरहेको छ । अनि ती क्षेप्यास्त्रहरू लुकाउनका लागि उसले सयौं साइलो पनि बनाएको छ । 

त्यसबाहेक चीनसँग अन्तरिक्षमा २०० वटा निगरानी राडार छन् जसले पृथ्वीको कुनाकाप्चा हेरिरहेका छन् । अनि चीनले अमेरिकी वा भारतीय मिसाइलहरू आफूकहाँ आइपुग्नुअघि नै जवाफी आक्रमण गर्ने प्रविधिमा पनि काम गरिरहेको छ । 

चीनको यस तयारीका कारण विश्वभरि अमेरिकाको प्रभुत्व खतरामा परेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्